‘गोरखापत्र नेपाली पत्रकारिताको आधार स्तम्भ’
सुदूरपश्चिम प्रदेशको विकासमा गोरखापत्रको भूमिका महत्वपूर्ण रहेको यस प्रदेशका प्रबुद्ध व्यक्तित्वहरुले बताउनुभएको छ।
उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताउनुभएको छ ।
शैक्षिक क्षेत्र सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
अडियोको कुरा वाइयात हो : डा. आरजु राणा देउवा
नेपाली कांग्रेसकी नेत्री एवम् प्रतिनिधिसभा सांसद डा. आरजु राणा देउवाले भुटानी शरणार्थी सम्बन्धको अडियोबारे सत्य, तथ्य बाहिर आउने बताउनु भएको छ ।
कार्यालय सहयोगीको भरमा अस्पताल
तनहुँको भानु नगरपालिकामा अस्पताल निर्माण गर्न जग्गा दान दिने परिवारले नै उपचार नपाएर टाढा धाउनु पर्ने बाध्यता भएको छ ।
स्वतन्त्र एवम् निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र एवम् निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गर्नुभएको छ ।
मेयर, अध्यक्ष र कर्मचारीलाई विदेश भ्रमणमा रोक
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।
कानुन व्यवसायीदेखि प्रधानन्यायाधीशसम्म
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । पाँच महिनादेखि पद रिक्त पदमा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्कीको नाम सिफारिस गरेको हो ।
नागरिकता विधेयकबारे राष्ट्रपतिका आठ सवाल
राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयकका सन्दर्भमा कानुन व्यवसायीसँग परामर्श गर्नुभएको छ ।
सिंहलाई कारबाही नहुने
नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणले सदनमा प्राथमिकता पाउँदा प्रतिनिधि सभाको सुव्यवस्थामा नै प्रश्न उठ्न थालेको छ । यस प्रकरणमा बोल्न
चराविद् डङ्गौरालाई राष्ट्रिय युवा प्रतिभा सम्मान
अढाई दशकदेखि चरा संरक्षणमा क्रियाशील कैलालीका हिरुलाल डङ्गौरा राष्ट्रिय प्रतिभा सम्मानका लागि छनोट हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई आर्थिक वर्ष २०७९/८० मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि वातावरण संरक्षण क्षेत्रबाट छनोट गरेको हो । भजनी नगरपालिका –६ निवासी डङ्गौरा बाल्यकालदेखि वन, वातावरण, वन्यजन्तु तथा चरा संरक्षणमा क्रियाशील हुनुहुन्छ ।
वडा कार्यालयले आफनै भवनबाट सेवा दिने
तानसेन नगरपालिका वडा ११ को नवनिर्वित भवन उद्घाटन गरिएको छ । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले सो भवनको उदघाटन गर्नुभएको हो । प्रमुख श्रेष्ठले वडा कार्यालयलाई पूर्वाधार र प्रविधिमैत्री बनाउँदै स्थानीयलाई सहजरुपमा सेवा प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।
नक्कली कागजात बनाइ ठगी गर्ने दुई पक्राउ
जग्गा बिक्री गरेको नक्कली कागजात बनाई ठगी गरेको आरोपमा दुई लेखनदास पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाले शिवराज नगरपालिका –११ नम्बर वडाको थुनिया बस्ने रामनिवास कुर्मी चौधरी र रामप्रताप यादवलाई पक्राउ गरेको हो ।
बक्रकुण्ड पञ्चेश्वर मन्दिरको प्रवेशद्वार उदघाटन
नेपाली सेना श्री भिमदल गणद्वारा क्युआइसी अन्तर्गत निर्मित श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको मुल प्रवेशद्वारको उदघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धनकुटास्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा पूर्वी पृतना हेडक्वाटर तथा श्री नम्वर २ बाहिनी अड्डाको विशेष पहल र नेपाली सेनाको शिघ्र प्रभावी योजना अन्तर्गत त्यसको निर्माण सम्पन्न गरिएको हो ।
शिक्षाको गुणस्तर सुधार गर्न सरोकारवाला गम्भीर हुनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शिक्षाको गुणस्तर सुधार गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।
प्रशासकीय अधिकृत नहुँदा लमही नगरपालिकामा कामकाज ठप्प
दाङको लमही नगरपालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएको छ । चालु आर्थिक वर्षमा लमही नगरपालिकामा चार जना प्रमुख प्रशासकीय अधिकृत आउने र जाने भइरहेको छ ।
स्वास्थ्य र वातावरण स्वच्छ राख्न धुम्पान त्यागौँ : मन्त्रालय
सरकारले वातावरण संरक्षणका लागि धूम्रपान त्याग्न आग्रह गरेको छ ।
नेप्सेमा १६ दशमलव ९३ अङ्कको गिरावट
पुँजीबजारमा आज (सोमबार) दोहोरो अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो ।
गोरखापत्र संस्थानको ऐतिहासिक तस्बिर प्रदर्शनीमा
गोरखापत्र संस्थानमा वि. सं. २०३० देखि २०६० सम्मका ऐतिहासिक फोटो प्रदर्शनका लागि राखिएका छन् । गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६१ वर्ष प्रवेशको विशेष अवसरमा वैशाख २४ बाट यो प्रदर्शनी सुरु भएको हो ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुरसहित गण्डकीका ११ वटा जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ ।
गोरखापत्रकर्मी पौडेल सम्मानित
रेडक्रस दिवसका अवसरमा रेडक्रस सोसाइटी दाङ शाखाले गोरखापत्रका तुलसीपुर समाचारदाता गोकर्ण पौडेलसहित विभिन्न व्यक्तित्वलाई सम्मानित गरेको छ ।
प्रथम नगरप्रमुख ओमबहादुर बुढाको सालिक अनावरण
त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटमा प्रथम नगरप्रमुख स्वर्गीय ओमबहादुर बुढाको सालिक अनावरण गरिएको छ ।
स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ
सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ ।
उपत्यकामा आठ सब-स्टेसन निर्माणाधीन
नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सब-स्टेसन निर्माण गरिरहेको छ ।