• १५ वैशाख २०८१, शनिबार

प्रथम नगरप्रमुख ओमबहादुर बुढाको सालिक अनावरण

blog

त्रिपुराकोटमा प्रथम नगरप्रमुख स्वर्गीय ओमबहादुर बुढाको शालिक अनावरण ।

विष्णु देवकोटा

डोल्पा, वैशाख २५ गते । त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटमा प्रथम नगरप्रमुख स्वर्गीय ओमबहादुर बुढाको सालिक अनावरण गरिएको छ । ओम स्मृति प्रतिष्ठानको आयोजनामा विशेष कार्यक्रमका साथ सालिक अनावरण गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाया प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल र त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले संयुक्त रूपमा सालिक अनावरण गर्नुभयो ।

सालिक अनावरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायाले स्वर्गीय नगरप्रमुख बुढा, विकास प्रेमी इमानदार र जनताको सुःख र दुःखमा सदैव लागि पर्ने त्यागी नगरप्रमुख भएको बताउनुभयो ।

सङ्घीयता लागुसँगै प्रथम नगरप्रमुख बन्नुभएका ओम बुढाले नगरको शिक्षा स्वास्थ्य विद्युत, कृषि र सडक निर्माणमा खेलेको भूमिका महत्त्वपूर्ण भएकाले वर्तमान जनप्रतिनिधिले पनि उहाँका राम्रा कार्यको अनुसरण गर्दै जानु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी स्वर्गीय नगरप्रमुख ओम बुढा सबैको साझा व्यक्तिको रूपमा आफूलाई समाजमा उभ्याउन सकेको आफूले पाएको बताउनुभयो । प्रथम नगरप्रमुख ओम बुढाको ०७८ सालमा कोरोनाबाट मृत्यु भएको थियो ।