• १३ असोज २०८१, आइतबार

बक्रकुण्ड पञ्चेश्वर मन्दिरको प्रवेशद्वार उदघाटन

blog

मन्दिरको उदघाटन गर्नुहुँदै पृतनापति आशबहादुर तामाङ । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, वैशाख २५ गते । नेपाली सेना श्री भिमदल गणद्वारा क्युआइसी अन्तर्गत निर्मित श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको मुल प्रवेशद्वारको उदघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धनकुटास्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा पूर्वी पृतना हेडक्वाटर तथा श्री नम्वर २ बाहिनी अड्डाको विशेष पहल र नेपाली सेनाको शिघ्र प्रभावी योजना अन्तर्गत त्यसको निर्माण सम्पन्न गरिएको हो । 

२०७९–८० मा नियोजित बजेटबाट श्री भिमदल गण सल्लेरी व्यारेक धनकुटाद्वारा निर्मित पुरातात्विक मूल प्रवेशद्वारको पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी आशबहादुर तामाङले उदघाटन गर्नुभयो । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा भिमदल गणका गणपति प्रमुख सेनानि थापाले २०७९ कात्तिक ३ गते शिलान्यास गर्नुभएको थियो । सो मन्दिरको चैत १० गते निर्माण कार्य सम्पन्न पुरातात्विक शैलिको मूल प्रवेशद्वार निर्माणले मन्दिरको महत्व बढेको स्थानीयको बुझाइ छ । त्यसले जिल्लाको धार्मिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले १० लाखको लागतमा प्रवेशद्वार निर्माण गरेको भिमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले बताउनुभयो ।  

जिल्लाको मुख्यबजारको रूपमा रहेको हिले वजारका अवस्थित मन्दिर मुख्य बाटो केहीभित्र रहेकाले मन्दिर जाने बाटो भेट्न सहज होस् भन्ने उद्देश्यका साथ मन्दिर प्रवेश गर्ने सहायक बाटोमा मुल प्रवेशद्वार निर्माण गरेको नम्वर २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले बताउनुभयो । 

धार्मिक आस्थाका लागि यहाँ आउने श्रद्धालु भक्तजनलाई मन्दिरसम्म पुग्न थप मद्दत पुग्नुका साथै मन्दिरको शौन्दर्यकरणमा समेत अभिबृद्धि भएको छ । २०६७ साल श्रावण २९ गते नाग देखापरेसँगै स्थापना गरिएको मन्दिरमा १०८ देवी देवताको वासस्थान छ।