पूर्व गृहमन्त्री खाण र उहाँका सचिव केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
सरकारी जमिन हड्पेर विद्युतीय सवारी चार्जिङ् सेन्टर निर्माण हुँदै
चन्द्रपुर नगरपालिकाले आवश्यक प्रकृया पूरा नगरी सरकारी जमिन हड्पेर विद्युतीय सवारी चार्जिङ् सेन्टर निर्माणको जिम्मा लगाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नछुटोस्, निर्दोष नपरोस् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी सम्बन्धमा दोषी कोही नछुट्ने र निर्दोष कोही पनि पर्न नहुने बताउनुभएको छ।
४५ जना मिटरब्याज पीडितको निवेदन सङ्कलन
कैलालीमा ४५ जना मिटरब्याज पीडितको निवेदन सङ्कलन भएको छ। जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको मिटरब्याज पीडित सहायता कक्षमार्फत आजसम्म ४५ जनाले निवेदन दिएका हुन्।
सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न सरकारको निर्देशन
सरकारले बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको हो ।
सामान्य अङ्कले घट्यो नेप्से
शेयर बजारमा आज (बुधबार) सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको हो ।
माधवको कोरिया फर्कने चाहना अधुरै रह्यो
पाँच वर्ष कोरियामा बसेर नेपाल फर्कनुभएका भुमिकास्थान नगरपालिका –२ तिरतिरेका वर्ष ३६ का माधव बेल्वासेको फेरि पाँच वर्षका लागि कोरिया जाने चाहना अधुरै रह्यो । कोरिया जाने तयारीमा रहेका उहाँ फेरि नफर्किने गरी अस्ताउनुभयो ।
भ्रष्टाचारी कसैलाई छोड्नु हुँदैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ।
मेलम्ची बाढीले क्षतिग्रस्त बस्ती संरक्षण गरिँदै
भेमाथाङ पहाड सोरिएर आएको मेलम्ची बाढीले क्षतिग्रस्त मेलम्ची नगरपालिका –११ का खण्डहर बस्तीहरू संरक्षणका लागि बागमती प्रदेशले काम अघि बढाएको छ ।
बालश्रम मुक्त वडा घोषणा
तुलसीपुर उपमहानगरपालिका वडा – १६ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । सो वडामा प्रारम्भिक सर्वेक्षणमा ३५ जना बालबालिका श्रममा रहेका थिए । तीमध्ये ३० जना बालबालिकालाई तत्काल परिवारमै पुनर्स्थापना गरिएको छ ।
हामी राम्रो गर्छौँ, राम्रोबाहेक अरू गर्दैनौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार राम्रो गर्ने र राम्रो बाहेक गर्दै नगर्ने बताउनुभएको छ। दिवङ्गत वामपन्थी नेता निर्मल लामाको २३ औँ स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।
घरभाडा छुट गर्ने १४ घरधनीलाई सम्मान
कोभिडपछिको आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायीलाई घरभाडा छुट गर्ने घरधनीलाई रुपन्देहीमा एक कार्यक्रमबीच सम्मानित गरिएको छ ।
चरेससहित दुई महिला पक्राउ
कपिलवस्तुको कृष्णनगरमा लागुऔषध चरेससहित दुई महिला पक्राउ परेका छन् । अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा १० केजी चरेससहित उनीहरू पक्राउ परेका हुन् ।
सडक फराकिलो पार्दै गल्याङ नगरपालिका
स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्रका साँघुरा सडकलाई फराकिलो पार्न सुरु गरेको छ । साँघुरो सडकका कारण ग्रामीण भेगमा दुर्घटना बढेको भन्दै पालिकाको पहलमा सडक फराकिलो पार्न सुरु गरिएको हो ।
प्रतिनिधि सभाको दोस्रो बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभा बैठक बुधबार फेरि सुरु भएको हो ।
अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताउनुभएको छ ।
आगोले जलेर ४ जनाको मृत्यु
आगो लागि परि घाइते भएका ४ जनाको मृत्यु भएको छ । भूमिका स्थान नगरपालिका २ तिरतिरे खोला किनारको जङ्गलमा मङ्गलबार लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा सख्त घाइते भएका ५ जनामध्ये ४ जनाको उपचारको क्रममा बुधबार अस्पताल मृत्यु भएको हो ।
पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ पर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि खाणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।
दमक झडपको ताजा विवरण : १० प्रहरी सहित २२ जना घाइते
कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलबार साँझ झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएको बताइएको छ ।
कृषि बाली बिमाप्रति छैन किसानको आकर्षण
सरकारले कृषि बिमाका लागि ८० प्रतिशत अनुदान दिए पनि किसानको आकर्षण त्यसप्रति बढेको देखिएको छैन । २०७१ देखि सुरु भएको कृषि बिमामा हालसम्म दुई लाख किसान मात्र सहभागी भएका छन् ।
नारायणीमा ‘सिग्नेचर पुल’ को ठेक्का
पूर्व–पश्चिम राजमार्गको चितवन–नवलपरासी खण्डको नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि निर्माण कम्पनी छनोट भएको छ । यससँगै पुल निर्माणको काम अगाडि बढ्ने भएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख नरेशमान शाक्यले नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि तुँदी निर्माण सेवा छनोट भएको जानकारी दिनुभयो ।
विदेशबाट आउनेले थप एक मोबाइल ल्याउन पाउने
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक थान मोबाइल ल्याउन पाउने निर्णय गरेको छ ।
टिप्परले मोटरसाइकललाई ठक्कर भारतीय नागरिकको मृत्यु
नेपालगञ्जमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो । प्रधानमन्त्रीको निजी सचिवालयले नियमित एजेण्डामा छलफल हुनेगरी बैठक बोलाइएको जानकारी दिएको छ।