• १३ साउन २०८१, आइतबार

आगोले जलेर ४ जनाको मृत्यु

blog

अर्घाखाँची, वैशाख २७ गते । आगो लागि परि घाइते भएका ४ जनाको मृत्यु भएको छ । भूमिका स्थान नगरपालिका २ तिरतिरे खोला किनारको जङ्गलमा मङ्गलबार लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा सख्त घाइते भएका ५ जनामध्ये ४ जनाको उपचारको क्रममा बुधबार अस्पताल  मृत्यु भएको हो । 

मृत्यु हुनेमा ५५ वर्षीय पदम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रमुख मुकुन्द रिजालले जानकारी दिनुभयो । घाइते मध्ये  २६ वर्षीया अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ । अस्मिताको पनि अवस्था खतरा अवस्थामा रहेको जनाइएको छ । जङ्गलमा लागेको आगो बस्ती पस्ने क्रममा पदम बेल्वासेको घरमा सल्केको थियो ।

पाल्पामा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा गए राति १० बजेतिर पदम र पीताम्बरको मृत्यु भएको प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । थप उपचारका लागि काठमाडौँको कीर्तिपुर अस्पतालमा लगिएका माधव र घनश्यामको बुधवार  काठमाडौंमा निधन भएको प्रहरीको भनाइ छ ।

जङ्गलमा आगो लगाएको हुन सक्ने आशङ्का गर्दै प्रहरीले आगो लगाउने व्यक्तिको खोजी गरिरहेको छ । 

Author

गणेश खनाल