• १३ असोज २०८१, आइतबार

हेलिकोप्टर दुर्घटना क्षेत्रमा उद्धार टोली पुग्यो, पाँच घाइते

blog

संखुवासभामा दुर्घटनाग्रस्त सिम्रिकको हेलिकप्टर । तस्बिर सौजन्य : वाङछेदर भोटे

ध्यान कुलुङ

सङ्खुवासभा, बैशाख २२ गते । संखुवासभाको भोटखोला गाउँपालिका –४ दिदिङ्खा भन्ने स्थानमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

शुक्रबार दिउँसो अपर अरुण जलविद्युत आयोजनाको सामान लिएर उडेको हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा ५ जना सवार थिए । उनीहरु घाइते अवस्थामा रहेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हेलिकोप्टर भोटखोला गाउँपालिका ५ को राप्साबाट उडेको थियो । उक्त हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । घटनास्थल सवारी साधन पुग्ने स्थान गोला बजारबाट २ घण्टाको पैदल दूरीमा पर्छ । 

यो पनि पढ्नुहोस

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी