• १३ असोज २०८१, आइतबार

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी

blog

संखुवासभामा दुर्घटनाग्रस्त सिम्रिकको हेलिकप्टर । तस्बिर सौजन्य : वाङछेदर भोटे

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २२ गते । संखुवासभाको उत्तरी क्षेत्रमा पर्ने गोलामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ । नेपाली सेनाको २ नम्बर बाहिनी अड्डा हिलेका अनुसार केहीबेर अघि सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र त्यसबारे थप जानकारीको प्रयास भइरहेको सेनाको सो बाहिनी अड्डाले जनाएको छ ।