• १३ साउन २०८१, आइतबार

कर्मचारीले नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि : मन्त्री मोदी

blog

नेपाल आयल निगम कर्मचारी संघको नौं राष्ट्रिय महाधिवेसनमा आफ्नो भनाइ राख्नुहुँदै मन्त्री अमललाल मोदी । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, वैशाख १५ गते । सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री अमललाल मोदीले सरकारी कर्मचारीहरूले सरकारको नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनिएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल आलय निगम कर्मचारी सङ्घको नौ राष्ट्रिय महाधिवेशनमा आफ्नो भनाइ राख्नुहुँदै मन्त्री मोदीले यस्तो बताउनुभएको हो । उहाँले सरकारी कर्मचारीहरूले सरकारको नीति अनुसार जनतालाई दिने सार्वजनिक सेवा सहज रूपमा दिन नसक्दा सरकारले आलोचना आउने गरेको भन्दै कर्मचारीहरूले जनता सकारात्मक हुनेगरी काम गर्नु आग्रह गर्नुभयो ।

‘‘राजनीतिक दलहरूले निर्वाचनको बेलामा उठाएका एजेण्डाहरु सरकारमा आएपछि कार्यान्वयन गर्ने सरकारी कर्मचारीहरू हो । कर्मचारीहरूले सरकारको नीति सही तरिकाले कार्यान्वयन गर्नुभएन भने सरकारको विभिन्न तवरबाट आलोचना हुनेगर्छ । जनताहरू तत्काल सेवा चाहन्छन् । कर्मचारीहरूले सार्वजनिक सेवा समयमा नदिँदा त्यसको आक्रोश राजनीतिक दलमाथि गर्छन् ।,’’ मन्त्री मोदीले भन्नुभयो, ‘‘विभिन्न राजनीतिक आन्दोलनबाट बनेका राजनीतिक दलका नेताहरू विभिन्न सङ्घर्ष गरेका हुन्छन् । तर कर्मचारीहरूले काम नगर्दा उनीहरूको योगदान पानीको फोका जस्तै फुटेर जान्छन् ।’’

उहाँले पछिल्लो उपनिर्वाचनको परिणाम कर्मचारीहरूले सरकारले दिएका सेवाहरूको जनतालाई सकारात्मक बनाउन नसक्दाको परिणाम भएको उल्लेख गर्नुभयो । मन्त्री मोदीले विभिन्न राजनीतिक आन्दोलनबाट बनेका राजनीतिक दलका नेताहरूको सङ्घर्षलाई समेत कर्मचारीले काम नगर्दा उनीहरूको योगदान पानीको फोका जस्तै फुटेर जाने अवस्था देखिएको बताउनुभयो । उहाँले सरकारले गरेका काम कर्मचारीहरूमार्फत जनतामा सकारात्मक रूपमा जान नसक्दा जनताले विकल्पहरू खोज्न थालेको उल्लेख गर्नुभयो ।

‘‘सरकारले गरेका काम कर्मचारीहरू मार्फत जनतामा सकारात्मक नजाँदा विकल्पहरू खोज्न थालेको हुन्छन् । अहिलेदेखि राखिएको छ । सरकारले गरेका काम कर्मचारीहरूले सही तरिकाले काम नगर्दा जनतामा गएको नकारात्मक सन्देशले विभिन्न तवरबाट प्रकट भइरहेको छ । मानौँ अहिले नै जादुको छडीबाट समाज परिवर्तन भइहाल्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यस्तो किसिमको सोच र दृष्टिकोणबाट जनमत बिग्रने गर्छ । कर्मचारीहरूले सत्य कुरा के हो भनर जनताहरूलाई नबुझाउँदा अहिले हामी भन्दा उमेरले पाको लागि युवा नेता देख्छन् ।  उहाँहरू कुनै अन्तरिक्षबाट आएका होइनन् । कुनै नयाँ फ्याक्ट्रीबाट आएका होइनन् । यही समाजको उत्पन्न भएका मान्छेहरू हुन् । तर उनीहरूले मात्रै गर्छन् भन्ने समाज हल्ला छ ।’’

मन्त्री मोदीले अहिले नै जादुको छडीबाट समाज परिवर्तन हाल्ने जस्तो सोच र दृष्टिकोणबाट जनमत बिग्रन थालेको बताउनुभयो । उहाँले कर्मचारीहरूले सत्य कुरा जनतालाई बुझाउन नसक्दा आफूभन्दा उमेरले पाकालाई  युवा नेता देख्न थालेको टिप्पणी गर्नुभयो । उहाँले जनताले भगवान् ठानेकाहरू कुनै अन्तरिक्ष वा नयाँ फ्याक्ट्रीबाट आएका नभएर यही समाजको उत्पन्न भएका मान्छेहरू भएकाले उनीहरूले मात्रै गर्छन् भन्ने भ्रममा पर्न नहुने बताउनुभयो ।