शिष्टता र सभ्यता छैन,असुलीकै चिन्ता
सङ्घीय राजधानी काठमाडौँमा १५ सिट रहेको माइक्रोबसमा चालकपछि उल्टो फल्याके सिट राखेर १९ जना, दुई जनाको सिटमा तीन र चार जनाकोमा पाँच जना गरी २२ जना यात्रु बसाल्ने अनि
पुरैनी तालनजिक घुँघीफोर गरुडको बथान
बेलौरी नगरपालिका –६ स्थित पुरैनी तालनजिक उड्दै गरेको लोपोन्मुख प्रजातीको घुँघीफोर गरुडको बथान । कम गहिराई भएका ताल तथा जलाशय, बाढी पसेको धान खेत क्षेत्रमा गरुड प्रजातीको बथान पाइन्छ । गरुड यहाँको रैनाथे प्रजाती हो ।
अमेरिकी सहायक विदेशमन्त्री लु स्वदेश फिर्ता
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ ।
नेपालले अन्तर्राष्ट्रिय अदालत सामु माग्यो जलवायु न्याय
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाउनु भएको छ ।
कोषाध्यक्ष उमेश श्रेष्ठको मनोनयनलाई कांग्रेस कार्यसम्पादन समितिद्वारा अनुमोदन
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवाले हालै उमेश श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा गर्नुभएको नियुक्तिलाई अनुमोदन गरेको छ ।
स्वास्थ्य सेवासम्बन्धी गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’ सुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरु भएको छ ।
सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रादेशिक अस्पतालमा सातै दिन शल्यक्रिया सेवा
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब हप्ताको सातै दिन प्रसूति शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ । अस्पतालले प्रसुति सेवाका लागि छुट्टै अपरेशन कक्ष सञ्चालनमा ल्याएपछि सातै दिन प्रसुति सेवा शल्यक्रियाको सुविधा उपलब्ध गराउने भएको हो ।
काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा छिटफुट वर्षा
सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा छिटफुट वर्षा भएको छ । आइतबार साँझबाट देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली भएको मौसम सोमबार रातीसम्म कायम रहने छ ।
घटेन घरेलु हिंसा : जबरजस्ती करणीमा उजुरीको चाङ
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८०-८१ मा महिला तथा बालिकामाथि हुने हिंसाको २० हजार ७९२ घटना दर्ता भएका छन् ।
महोत्सवभित्र निषेधित प्लाष्टिक प्रयोग
धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा प्लाष्टिकको प्रयोग भइरहेको पाइएको छ । धनगढीमा विगत तीन वर्षदेखि प्लाष्टिक बिक्री र प्रयोग निषेध रहे पनि प्रतिबन्धित प्लाष्टिक महोत्सवमा प्रयोग भइरहेको हो ।
गाउँमै बस्न रमाउछन् भुर्तुङका वृद्ध र युवा
उमेरले ८४ वर्ष पुग्नै लाग्नु भएका कालीगण्डकी ७ भुर्तुङका यमबहादुर गुरुङलाई गाउँ छाड्नै मन छैन । उहाँलाई शहरमा बस्न नपुगेर होइन्, उहाँका चार भाई छोरामध्ये एक जना भारत र तीन भाई बुटवललगायतका शहरमा हुनुहुन्छ ।
धान खेत मास्दै ड्रयागन फ्रुटको व्यावसायिक खेती
मोरङका पथरीशनिश्चरे–६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङ यतिबेला राजनीतिसँगै व्यावसायिक खेतीमा लाग्नुभएको छ ।
मानव अधिकार सबैको दायित्व
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मानव अधिकारको पालना गर्नू गराउनू सबैको दायित्व रहेको बताउनुभएको छ ।
निजामती विधेयकमा दफावार छलफल सुरु
समितिमा दफावार छलफलका लागि पठाइएको छ महिनापछि प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकको दफावार छलफल प्रारम्भ गरेको छ ।
आँखा शिविरमा निःशुल्क सल्यक्रिया गरिने
आँखाकोे समस्या भएका पहाडी तीन जिल्लाका नागरिकलाई सेवा दिन पाँचथरको फिदिममा तीन दिने निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।
‘प्रवक्ता र सूचना अधिकारी जिम्मेवार बन्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा विभिन्न निकायका प्रवक्ता र तोकिएका सूचना अधिकारीलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।
मगर साहित्य महोत्सव सम्पन्न
रुपन्देहीमा दुई दिने प्रथम मगर साहित्य महोत्सव सम्पन्न भएको छ । समापनको अवसरमा नेपाल मगर महिला संघका अध्यक्ष हिरु राना मगरले समुदायको गर्विलो ईतिहासबारेमा नयाँ पस्तालाई समेत जानकारी गराउनु पर्ने बताउनुभयो ।
विद्यार्थीले उत्पादन गरे गहत
रामपुर नगरपालिकाको सीता माध्यमिक विद्यालयका विद्यार्थीले दलहन खेती गरेका छन् । लामो समयदेखि उपयोगमा नआएको जमिनलाई सदुपयोग गर्दै विद्यार्थीलाई व्यावहारिक शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालयले गहत खेती गराएको हो ।
चिसो छल्न ज्येष्ठ नागरिकलाई फाइबर सिरक
खोटाङको रावा बेसी गाउँपालिका –६ हौँचुरका ज्येष्ठ नागरिकलाई चिसो छल्न फाइबरको सिरक उपलब्ध गराइएको छ । वडा कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिकलाई आइतबार फाइबरको सिरक प्रदान गरेको हो ।
‘ती दिनहरु’ कृति लोकार्पित
साहित्यिक इतिहासमा विशेष महत्वपूर्ण अर्थ राख्ने कृति लोकार्पण तथा अक्षयकोष घोषणा गरिएको छ । गल्याङ नगरपालिका –११ दिमीकमा आयोजित कृति लोकार्पण तथा अक्षयकोष घोषणा कार्यक्रममा स्वर्गीय नारायणप्रसाद ज्ञवालीद्वारा लेखिएको मिलन समिरद्वारा सम्पादन गरिएको ‘ती दिनहरु’ को लोकार्पण गरिएको हो ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउनुभएको छ।
महासङ्घको केन्द्रीय निर्वाचन उम्मेदवारको नामावली सार्वजनिक
महासंघका अनुसार अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ। देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो।
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको भवन उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गर्नुभएको छ ।