कांग्रेसले उपनिर्वाचनको समीक्षा गर्ने
उपनिर्वाचनको समीक्षा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्सिर २४ गते बस्ने भएको छ ।
बिआरआईबाट तर्सिनु पर्दैन
पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चीन र नेपालबिच भएको बिआरआई सम्झौताबाट भारत डराउनु नपर्ने बताउनुभएको छ ।
भूमिहीनको वास्तविक तथ्याङ्क आउनुपर्ने
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
शिक्षकको तलब मासिक रूपमा उपलब्ध गराउन स्थानीय तहलाई पत्राचार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको तलब मासिक रूपमा उपलब्ध गराउन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
दोस्रो मुसिकोट महोत्सव हुने
गुल्मीमा दोस्रो मुसिकोट महोत्सव हुने भएको छ । गुल्मी मुसिकोट उद्योग वाणिज्य सङघको आयोजनामा पुस १२ गतेदेखि २१ गतेसम्म दोस्रो मुसिकोट कृषि, पर्यटन, खेलकुद, सांस्कृतिक एवम ब्यापार महोत्सव आयोजना गर्न लागिएको प्रचार प्रसार उपसमितिका संयोजक वसन्त अधिकारीले जानकारी दिनुभयो ।
विभिन्न ११ स्थानमा आगलागी, चारजना घाइते
नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ ।
‘बिआरआईबाट भारतले पनि लाभ लिन सक्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीको चार दिने चीन भ्रमणमा चीन सरकारसँग नेपालले बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क (बिआरआई) मा हस्ताक्षरका विषयमा विभिन्न टिक्का टिप्पणी भइरहेका छन् ।
दम्पती हत्याको आरोपमा राना पक्राउ
बडायक दम्पती हत्याको आरोपमा कञ्चनपुर प्रहरीले लालझाडी गाउँपालिका –२ का ५० वर्षीय गंगाराम राना थारुलाई पक्राउ गरेको छ ।
न्यायालयलाई पारदर्शी बनाउन गोला प्रणाली : प्रन्या राउत
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताउनुभएको छ ।
नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण
भारतीय र नेपाली धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसाथ नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण गरिएको छ ।
हुग्दी खोलामा थप २० हजार माछाका भुरा छाडियो
खोलामा माछा पाउँन छाडेपछि रुरु हाइड्रोपावर परियोजनाले हुग्दी खोलामा थप २० हजार माछाका भुरा छाडेको छ । केही महिना पहिले १० हजार माछाका भुरा छाडेको परियोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नैनी, रहुँ र भ्याकुर प्रजातीका भुरा छाडेको थियो ।
वाइडबडी खरिदमा चार जना दोषी ठहर
विशेष अदालतले नेपाल वायु सेवा निगमको जहाज खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ ।
विश्व माटो दिवसको अवसरमा माटो परीक्षण
जिल्लाको रामपुर नगरपालिका भित्रका खेतीयोग्य जमिनको माटो परीक्षण गरिएको छ । ११ औं विश्व माटो दिवसको अवसरमा कृषकको खेतबारीको माटोको नमुना संकलन गरी विहीबार परीक्षण गरिएको हो ।
हटिया मेलामा लोकल कुखुरा बिक्री
सुनसरीको इनरुवा नगरपालिका –२ स्थित बिहीबारे हटिया बजारमा बिक्रीका लागि राखिएका ‘लोकल’ कुखुरा । जाडोमा बिक्री बढी हुने लोकल कुखुरा (जिउँदो) स्थानीय बजारमा सातसय ५० रुपियाँ प्रतिकिलोमा बिक्री हुने व्यापारीहरुको भनाइ छ ।
भीरकोटमा ११ जना क्षयरोगका बिरामी
स्याङ्जाको ग्रामीण बस्तिमा क्षयरोगीको संख्या बढेको छ । भीरकोट नगरपालिका –१ बयघारीमा गरिएको क्षयरोग परीक्षण शिविरमा ११ जना क्षयरोगका बिरामी फेला परेसँगै यहाँ क्षयरोगीको संख्या अझ बढी हुनसक्ने आँकलन गरिएको हो ।
बुटवलमा प्रथम मगर साहित्य महोत्सवको तयारी
रुपन्देहीको बुटवलमा नेपाल मगर महिला संघको आयोजनामा भोलिदेखि प्रथम मगर साहित्य महोत्सव आयोजना हुँदैछ । दुई दिनसम्म सञ्चालन हुने महोत्सवको उदघाटन उपसभामुख इन्दिरा रानाले गर्नुहुनेछ ।
सदाबहार हरियो रहने रैस रुख
जंगलमा देखिने प्रायः सबै रुखका पात झर्छन् तर रैस यस्तो रुख हो जुन बाह्रै महिना हरियो रहन्छ । बसन्त ऋतुमा बिरुवामा पात पलाउने र शिशिर ऋतुमा पात झरेको सबैले देखेका छन् । जुम्लाको तातोपानी गाउँपालिका –३ को गोठीमा संयौ बर्षदेखि रैस (ठिन्के) रुख सदैव हरियो रहने स्थानीयको भनाइ छ ।
नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ। प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको हो।
ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयन गर्न सञ्चार मन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राविधिकरणलाई निर्देशन दिनुभएको छ।
सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौँको लज्जास्पद हार
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।
प्रणालीको संरक्षण गर्न बरघरहरु एक ठाउँमा
बाँकेको बैजनाथ गाउँपालिकामा रहेका बरघरहरु बरघर प्रणालीको संरक्षण, प्रवर्धन र विकासका लागि छलफलमा जुटेका छन् ।
सीपका धनी पौरखी बाजे धनगढी बजारमा
बाँसको चोयाबाट आफूले बनाएको छिटुवा धनगढीमा बिक्री गर्न आउनु भएका एक पौरखी ज्येष्ठ नागरिक खुशी अवस्थामा ।
चासोक तङ्नाममा बिदा
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वाँगी पर्व) को अवसरमा बिदा दिएको छ ।
नसर्ने रोगमध्ये मधुमेहका विरामी बढी, खानामा ध्यान दिन सुझाव
विश्वमा नसर्ने रोग (मुटु, मधुमेह, क्यान्सर, सिओपिडीको) को समस्या महामारीका रुपमा देखापर्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशत नसर्ने रोगका कारणले हुने गर्छ ।