• २७ पुस २०८१, शनिबार

सदाबहार हरियो रहने रैस रुख

blog

सधैं हरियो भइरहने तातोपानी –३, गोठीमा रहेको रुख । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, मङ्सिर २० गते । जंगलमा देखिने प्रायः सबै रुखका पात झर्छन् तर रैस यस्तो रुख हो जुन बाह्रै महिना हरियो रहन्छ । बसन्त ऋतुमा बिरुवामा पात पलाउने र शिशिर ऋतुमा पात झरेको सबैले देखेका छन् । जुम्लाको तातोपानी गाउँपालिका –३ को गोठीमा संयौ बर्षदेखि रैस (ठिन्के) रुख सदैव हरियो रहने स्थानीयको भनाइ छ । 

तातोपानी गाउँपालिकाका निवर्तमान अध्यक्ष नवराज न्यौपानेले आफु जान्ने भएदेखि यो रुखलाई सधैं हरियो देखेको बताउनुभयो । ‘म अहिले ५२ बर्षको भएँ । मलाई याद छ म ७ बर्षको हुँदा यो रुख बारेको जानकारी पाएको थिएँ । गाईवस्तु चराउन जाँदा सधैं हरियो देखिन्थ्यो’ उहाँले भन्नुभयो । 

घरमा बुवासँग सोध्दा भन्नुभयो, ‘यो रुख सतियुगमा बाटुमाला भन्ने देउतीले माईतबाट नासो (कोसेली) ल्याएर बिरुवा रोपेको किम्बदन्ती छ । म सात बर्षको हुँदा बुवा ३७ बर्षको हुनुहुथ्यो । सानो हुँदा पनि मैले यस्तै देखेको थिएँ । अहिले पनि हरियो नै छ ।’