• ९ वैशाख २०८२, मङ्गलबार

दक्षिण एसियाली युथ टेबल टेनिस गर्दै नेपाल

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, वैशाख ९ गते । दक्षिण एसियाली क्षेत्रीय युथ टेबल टेनिस च्याम्पियनसिप वैशाख ११ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

प्रतियोगिताको अन्तिम तयारीमा जुटेको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक अखिल नेपाल टेबल टेनिस सङ्घका अध्यक्ष विजेन्द्र हमालले जानकारी दिनुभयो । 

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सका गरी ८५ खेलाडीको सहभागिता रहने सङ्घका महासचिव कुवेरप्रकाश सिंहले बताउनुभयो । जसमा नेपालबाट १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतिायेगितामा यु–१९ र यु–१५ का छात्र र छात्रा खेलाडीले सिंगल्स डबल्स, टिम इभेन्ट र मिक्स डबल्स गरी कूल १४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिता एसियाली टेबल टेनिस सङ्घको वार्षिक खेल तालिका अनुसार नेपालमा आयोजना हुन लागेको हो ।

यस प्रतियोगिताबाट यु–१९ टिम स्पर्धाका शीर्ष दुई दुई जना छात्र र छात्रा उज्वेकिस्तानमा हुने एसियन युथ टेबल टेनिस च्याम्पियनसिपमा छनोट हुने सङ्घले जनाएको छ । नेपालले स्वर्ण पदक जित्ने लक्षका साथ तयारी गरेको पनि बताईएको छ ।