• ११ असार २०८२, बुधबार

सन्दीपको टोलीलाई ब्रिज डिकेड कप उपाधि

blog

काठमाडौँ, असार १० गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको टोलीले ब्रिज डिकेड कपको उपाधि जितेको छ ।

लन्डनको विल्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा ब्रिज–११ ले डेभाइज क्रिकेट क्लबलाई एक सय २७ रनले हरायो । 

ब्रिज–११ ले प्रस्तुत गरेको तीन सय सात रनको लक्ष्य पछ्याएको डेभाइज क्रिकेट क्लब एक सय ७९ रनमा समेटिएको थियो । डेभाइजका लागि थोमस एन्ड्रयले एक सय एक रन बनाउनुभयो ।

लुक ह्याम्बलिनले १० रन बनाउनुभयो । यस्र्त बलिङमा ब्रिज–११ का मोसेसले दुई तथा कप्तान सन्दीप, अमित, विकाश र मार्क बर्टनले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ब्रिज–११ ले तीन सय ६ रनको योगफल तयार गरेको थियो । ब्रिज–११ का लागि दिवस गिरीले सर्वाधिक ६२ रन बनाउनुभयो । यस्तै सन्दीप लामिछानेले ५४ र म्यानी गुरुङले ५१ रन जोड्नुभयो । 

बलिङमा डेभाइजका लागि जर्ज डनफोर्ड, क्यामरुन ली र अल गवले दुई विकेट लिनुभयो ।  ब्रिज इन्टरनेसनलको १०औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

विजेतालाई ब्रिज इन्टरनेसनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भुवन गिरीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।