• १० असार २०८२, मङ्गलबार

मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न अध्यक्ष ओलीको निर्देशन

blog

काठमाडौँ,  असार ९ गते । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न निर्देशन दिनुभएको छ । 

सोमवार ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले युवा सङ्गठनलाई योजनाबद्ध ढङ्गले मिसन ०८४ मा लाग्न निर्देशन दिनुभएको हो । उहाँले सङ्गठनको युवाको हक हित, रोजगारीका कुराहरूका साथसाथै मिसन ०८४ लाई प्रमुख लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताउनु भयो । मिसन ०८४ भुल्न नहुने बताउँदै यसका लागि एकीकृत हुनु जरुरी रहेको बताउनु भयो । कुनै प्रकारको विकृत कुराबाट विचलित नहुन आग्रह गर्नुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘योजनाबद्ध ढङ्गले अघि बढ्नुस् । मिसन ०८४ हामी सबैको मुख्य कुरा हो । तपाईँहरूको आफ्नो सङ्गठनको कुरा छ । युवाको हक हित, रोजगारीको कुरा भयो । यावत कुराहरू होलान् । एन्टरनिपनरसिपका कुराहरू होलान् । थुप्रै कुराहरू होलान् । ति सबै गर्दै गर्दा हामीले फेरि मिसन ०८४ भुल्यौँ भने सबै कुरा भुल्छौँ । मिसन ०८४ भुल्न हुँदैन । मिसन ०८४ मा केन्द्रित भएर अघि बढौँ ।

यही आग्रह गर्न चाहन्छु । यसका लागि युनिटको आवश्यक छ । युनिटी पार्टी र आन्दोलनभित्र चाहिन्छ । कुनै प्रकारको विकृत कुराबाट हामी कोही पनि विचलित हुँदैनौँ भन्ने हाम्रो पार्टीको मुख्य कुरा हो ।’

अध्यक्ष ओलीले सही ढङ्गले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरू असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरू विश्वमा युवाहरूले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आह्वान गर्नुभयो । 

लेखक बाट थप