• ९ असार २०८२, सोमबार

क्षितिज अरुणको निधन

blog

काठमाडौँ, असार ९ गते । वरिष्ठ खेल पत्रकार क्षितिज अरुण श्रेष्ठको निधन भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक मध्येका एक श्रेष्ठको आइतबार राति उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको हो ।

५५ वर्षीय श्रेष्ठ लामो समयदेखि विरामी भएर पाटन अस्पतालमा उपचार गरिरहनुभएको थियो । स्वर्गीय श्रेष्ठको सोमबार पशुपति आर्यघाटमा अन्त्येस्टी गरिएको छ ।

लामो समय खेलकुद पत्रकारिता गर्ने क्रममा क्षितिज अरुणले फोटो पत्रकारको रुपमा थुप्रै मिडियाहरुमा काम गर्नुभयो । उहाँ नेपाल ओलम्पिक संग्रहालयका संस्थापक पनि हुनुहुन्थ्यो ।

त्यस्तै उहाँले नेपाल डाटा एन्ड रिसर्च सेन्टरको स्थापना गरी खेलकुद सम्वन्धि विभिन्न पुस्तकहरु प्रकाशन गर्नुभएको छ । पछिल्लो समय उहाँ नेपाल स्टिक स्पोर्ट्स सङ्घका सचिव तथा विजनेश डाटा नेपाल प्रालिका प्रवन्ध निर्देशक हुनुहुन्थ्यो ।

उहाँले नेपालका विशिष्ट महिलाहरुको फोटो प्रदर्शनी पनि गर्नुभएको थियो ।  स्वर्गीय श्रेष्ठका एक श्रीमती र एक छोरी हुनुहुन्छ । 


लेखक बाट थप