काठमाडौँ, असार १० गते । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि रिटेन गरेको छ ।
रोहितलाई आगामी सिजनमा पनि मार्की खेलाडीको रूपमा पुनः निरन्तरता दिइएको लुम्बिनीले जनाएको छ । रोहितको कप्तानीमा रहेको लुम्बिनीले पहिलो संस्करणमा समूह चरणमै सीमित बनेको थियो ।
नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनि अक्सन हुनुअघि फ्रेन्चाइज टोलीले खेलाडी रिटेन र रिलिज गर्न थालेका छन् ।
यसअघि सुदूरपश्चिम रोयल्सले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको थियो ।
यस्तै चितवन राइनोजले कुशल मल्ल, रिजन ढकाल, दीपक बोहरा, अमरसिंह राउटेला, कमलसिंह ऐरी र गौतम केसीलाईलाई रिटेन गरेको थियो ।