• ९ वैशाख २०८२, मङ्गलबार

ब्रिगेडसँग बराबरीमा रोकियो प्लानिङ ब्वाइज

blog

बल खोस्ने प्रयास गर्दै प्लानिङ ब्वाइज र ब्रिगेड ब्वाइजका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, वैशाख ९ गते । सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज युनाइटेडले ब्रिगेड ब्वाइज क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

एन्फा मैदान सातदोवाटोमा मङ्गलबार भएको खेलमा प्लानिङ ब्वाइज ब्रिगेडसँग गोलरहित बराबरीमा रोकिएको हो । जारी लिगमा अपराजित प्लानिङ ब्वाइजको यो पहिलो बराबरी हो । 

बराबरीसँगै प्लानिङ ब्वाइजले सात खेलबाट १९ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको श्री भगवतीको १७ अङ्क छ । ब्रिगेडको समान खेलबाट नौ अङ्कसहित पाँचौँ स्थानमा छ ।