काठमाडौँ, वैशाख ९ गते। गायिका अन्जु पन्त र गायक सुगम पोखरेलको स्वर रहेको ‘वाचा गरौँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार डा. रमिल अधिकारीको शब्द सिर्जना रहेको ‘वाचा गरौँ’ मा ज्ञानेन्द्र गिरीको संगीत सृजना रहेको छ। एक रोमान्टिक प्रेमील जोडीको बेजोड अभिनय रहेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको रोमान्टिक अभिनय देख्न सकिन्छ।
आकाश र करुणाका माध्यमबाट निर्देशक प्रकाश धितालले सफल प्रेमको मिठो कहानी आफ्ना दर्शकमाझमा पस्किनुभएको छ।
गीतकार डा. रमिल अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘लगायतका गीत बजारमा आइसकेका छन्।