हरिप्रसाद कोइराला
उर्लाबारी ,असार १० गते । मोरङको उत्तर दक्षिण रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत दर्बेसामा मङ्गलवार ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रङ्गेली नगरपालिका १ बबिया बस्ने ३२ वर्षीय केदार न्यौपानेको मृत्यु भएको छ ।
प्रदेश १–०२–००३२८५६ नम्बरको ट्याक्टर खेत जोतेर कानेपोखरी तर्फबाट रङ्गेली जाने क्रममा को ३९ प ३९३२ नम्बरको मोटरसाइकल चालक न्यौपानेको मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार रङ्गेली १ बस्ने राजन भट्टराई घाइते भएको र उहाँलाई उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । ट्याक्टर चालक रङ्गेली ८ का जीवन ताजपुरीया फरार रहेको र उनको खोजी भइरहेको रङ्गेली प्रहरीले जनाएको छ।