• २३ पुस २०८१, मङ्गलबार

हुग्दी खोलामा थप २० हजार माछाका भुरा छाडियो

blog

हुग्दी खोलामा माछाका भुरा छाड्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, मङ्सिर २१ गते ।
खोलामा माछा पाउँन छाडेपछि रुरु हाइड्रोपावर परियोजनाले हुग्दी खोलामा थप २० हजार माछाका भुरा छाडेको छ । केही महिना पहिले १० हजार माछाका भुरा छाडेको परियोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नैनी, रहुँ र भ्याकुर प्रजातीका भुरा छाडेको थियो ।

अहिले कालीगण्डकी मत्य पालनबाट ठेड, ढाँडे र गर्जे प्रजातीका थप २० हजार माछाका भुरा हुग्दी खोलामा छाडेको परियोजना प्रमुख कृष्ण केसीले जानकारी दिनुभयो । पछिल्लो समय खोलामा माछा कमी भएको र लोप हुन नदिने उद्देश्यका साथ माछाका भुरा छाडिएका उहाँको भनाइ छ ।

चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ४ शान्तिपुरमा रहेको हुग्दी खोलामा थप २० हजार माछाका भुरा राखेर परियोजनाले राम्रो काम गरेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो । सामाजिक उत्तरदायित्व कार्यअन्र्तगत पनि नमुनायोग्य कार्य गरेकाले यस्तै कार्यलाई निरन्तरता दिन उहाँले परियोजनालाई आग्रहसमेत गर्नुभयो ।

खोलामा जाल थाप्ने, विषादी प्रयोग गरेर माछा मार्ने र करेन्ट लगाएर माछा मार्नका लागि मनाही गरिएको र यदि कसैले त्यस्तो गरेमा कारवाही गर्ने गाउँपालिकाले जनाएको छ । रुरु हाइड्रोपावरबाट पाँच मेगावाट विद्युत उत्पादन हुँदै आएको  परियोजना प्रमुख केसीले बताउनुभयो ।