फालिएको मान्छे (कथा)
भनुँ भने सुन्नेलाई अवश्यै मन पर्ने छैन र मलाई पढ्दा पनि पढ्नेको आँखामा म मानवताविहीन मान्छेका रूपमा गनिने, ठहरिन सक्छु । मैले पहिला पनि मेरो यो यथार्थता एकचोटि लेखेको थिएँ । तर टाइप गर्न पठाउँदा ती टाइपकर्ताले तपाईंको रचना कता प-यो प-यो म खोज्दै छु भनी रचना नै हराइदिए । हाराइदिए वा आफ्नै नाममा कतै प्रकाशित गरे म अझै अनविज्ञ नै छु । टाइप गर्न गलत मान्छेको हातमा दिएकोमा आफैँलाई निकै ग्लानि छ ।
साहित्यको विकास, विकासमा साहित्य
अर्थशास्त्री एडम स्मिथले मानिसले आर्जन गर्ने दक्षता तथा योग्यतालाई ‘पुँजी’ भने, मानवीय पुँजी । नोबेल पुरस्कार विजेता भारतीय अर्थशास्त्री अमत्र्य सेनले भने– मानिसलाई क्षमताको उच्चतम तहमा पुग्न सक्षम बनाउने क्रिया नै विकास हो । कुनै जमना थियो सडक, पुल, जहाज मैदान, बाँध वा ठूला भवन बनाइनु नै विकास हो अर्थात् भौतिक संरचना बनाउनु विकास हो । क्रमशः विकासका परिभाषा र अवधारणामा परिवर्तन आए । भन्न थालियो– आर्थिक वृद्धि विकास हो, विद्यमान अवस्थाभन्दा उन्नत अवस्थामा पुग्नु विकास हो, चाहना र उपलब्धताबीचको दूरी जति कम हुन्छ त्यो विकास हो, मानवीय क्षमता बढ्नु विकास हो ।
जाग हे युवा ! (कविता)
खाएर मानो चलाई गानो, रोपेको असार हरियो भयो रोपेको रोपो, बेँसीको संसार धानको गाँज धरती माझ, पसायो बाला ली फुल्दै र झुल्दै बयली खेल्दै, बनियो पहेँली ।
काफ्काको दोहोरो कायाकल्प
फ्रान्ज काफ्काले ‘द मेटामर्फोसिस’मा आफ्नो पात्र ग्रेगोर साम्सालाई घिनलाग्दो कीरोमा बदलिदिए । तर कीरोबाट मान्छेमा बदल्न सकेनन् । नाक चुच्चे अनि ख्याउटे तिनै काफ्का ग्रेगोर साम्साको मानवीय अस्तित्व फर्काउन नसकेको गहिरो पश्चात्तापबोध अनि विश्वका कुनै लेखकको आत्मामा पसेर मान्छेबाट कीरो अनि कीरोबाट मान्छेको दोहोरो कायाकल्प गराउने ध्याउन्नमा भड्किरहेका भेटिन्छन्, राजवकृत आख्यान, ‘काफ्काको काम सकियोे’मा ।
अस्पताल त बन्यो तर...
रामेछाप जिल्लाका साथी हिम्मतसिंह लेकालीको प्रस्ताव भनौँ वा आग्रह थियो, “रामेछाप जिल्ला अस्पतालको रणनीतिक योजना बनाइदिनुप¥यो भन्ने आग्रह आएको छ, रामेछाप जिल्लालाई सहयोग गर्नुप¥यो है ! तपाईंको सहमति हुनेछ भनेर मैले हुन्छ भनेको छु ।” बडो आत्मीय तवरले मनले जितेर गरिएको आग्रह थियो । कसैको बानी हुने रहेछ, खोजेको कुरा भेट्दा पनि अरूका लागि गरिदिएझैँ गर्ने, “तिमीले भनिहाल्यौ र मात्र, अरूले भनेको भए यो काम छुने र गर्ने नै थिइनँ” भन्ने । मलाई यस्तो आडम्बर गर्न मन लाग्दैन, अनि भनेँ पनि– बडो राम्रो प्रस्ताव, यस्तै काम गर्न मनले खोजिरहेको थियो । म खुसीसाथ गर्छु ।
छेपेखोलाले बनाएको त्रासदी
पहाडी बाटोमा एकनासले गुडिरहेको थियो हाम्रो जिप । हामी सात जना स्रष्टाहरू खोटाङको दिक्तेलबाट भोजपुरतिर गइरहेका थियौँ । ठाउँठाउँमा पैह्रो गएर बाटोमा हिलोेमाटो बगिरहेको थियो । हाम्रो गुरुजी भने अलिकति पनि नडराईकन जिप चलाइरहेका थिए । हाम्रो भने ओठतालु सुकिसकेको थियो । कोही कसैसँग बोल्न सकिरहेका थिएनौँ । कोही अगाडिको बाटोतिर हेरिहेका थिए । कोही हिलाम्मे बाटोतिर । कोही चर्कोसँग परिरहेको पानीमा ध्यान दिइरहेका थिए । कोही सडकछेउको भीर हेरेर डराइरहेका थिए । जिपको अलिकति मात्र पनि नियन्त्रण बिग्रियो भने सिद्धिन्थ्यौैँ सबैजना एकैसाथ । यात्रा हुनसम्मको त्रासदी बनिरहेको थियो ।
होबार्टमा बिहानको मुस्कान
लाग्छ एउटा खण्डेथालजस्तो छ ताज्मानियाको लन्सेस्टन । होचाहोचा घरहरू सानो रुखमा लटरम्म फलेका आँपजस्ता लाग्छन् यहाँका घरहरू । सहरमा एकतर्फी गुड्छन् गाडीहरू । उक्लिँदा उक्लिँदै ओर्लिन्छन् र ओर्लिंदा ओर्लिसक्छन् सडकहरू । गाडी चालकहरूले ख्याल गर्नु जरुरी छ । नियमापत्ति कतिखेर सडक बत्तीले दिन्छ । नियममा बाँधिनु स्थानविशेषको आफ्नै कुरा हो । पालन गरौँ ।
मानक व्याकरण र शब्दकोशको खोजी
(ध्यानाकर्षण : उद्धरण चिह्नभित्रका सामग्रीको हिज्जे प्रकाशित सामग्री अनुसार नै गरिएको छ । यस्तै, सोमनाथ शर्माको १९७६ सालमा प्रकाशित पुस्तकको आवरणमा ‘मद्ध्यचन्द्रिका’ उल्लेख भएकाले यहाँ पनि सोहीअनुसार गरिएको हो । एकै व्यक्तिको मध्यनाम कतै जोडिएको र कतै छुट्टिएको छ । त्यसलाई प्रकाशित कृति÷सामग्रीका आधारमा जस्ताको तस्तै राखिएको हो ।)
नाटक : मनको तिर्खा
स्थान : नम्रताको घरको एउटा कोठा समय : साँझ पात्रहरू : नरेश ३० वर्ष नम्रता २८ वर्ष साँभलको समय । एउटा फराकिलो कोठा ! रातो तर मधुरो बत्ती बलेको छ । झट्ट हेर्दा कुनै रेस्टुरेन्टझैँँ लाग्छ । एक सेट सोफा कोठाको दुईतिर छन् । हल्का गुलाबी पर्दा झ्यालमा झुन्ड्याइएको छ । एउटा कुनामा -याकमा केही पुस्तकहरू छन् । अर्को कुनामा दुई जना सुत्न मिल्ने पलङ छ । एक छेउमा काँचको टेबल छ । सँगै केही मदिराका भरिएका बोतलहरू छन्, भुजियाका प्याकेटहरू छन् । बीचको भागमा सानो टि–टेबुल र तीन/चारवटा चकटीहरू छन् । छेउमा एउटा डायरी र कलम छ । सोफामा अनुहार छोपेर नम्रता पत्रिका पढ्दै छिन्। कसैले कलबेल बजाउँछ ।
गजल
जब उसले फूलमा व्यापार देख्यो झरेको पातमा पनि प्यार देख्यो ।। मन्दिरको मूर्ति जब मनले छाम्यो मूर्तिकारको मुटु वारपार देख्यो ।।
दिन्छु तिमीलाई चोखो माया (कविता)
दिन्छु तिमीलाई चोखो माया सम्बन्धमा घात नहोस् हावाहुरी चल्दाखेरि झरिजाने पात नहोस्
मायाजाल यो जगत (कविता)
मन यो डुल्यो कामनामा धेरै, राख्नु छ यो बाँधीकन, जीवन भुल्यो वासनामा बरै, रोक्नु छ यो बेहोसीपन, लोकाचारी मायाजालमा डुबेर बरै, सेवक यो तनमन, संसारी अभिलाषामा रमेर धेरै, जीवन भो पराधीन, आफैँ स्वयं भुलेर जगत भो स्वामी, भई चित्तको अधीन, कामनामै डुबेर मायाको बन्यो दास, भयो जीवन अचेतन,
भूगोलपार्कको बच्चा (कथा)
‘डल्लीले बच्चा त पाउने नै भई तर त्यो बच्चाको बाबुको टुङ्गो चाहिँ जन्मिनुभन्दा पहिले नै लगाइसक्नुपर्छ है । हो कि होइन त केटा हो ?’ म त भन्छु– ‘डल्लीले जन्माउने बच्चाको बाबु म नै हुँ । तिमीहरू बेकारमा मेरो–मेरो भनिरहेका छौ, तिमेरु फुच्चेहरूको त हुनै सक्दैन । डल्लीले तोकेरै भनिदिए हुन्थ्यो, तैँ होस् मेरो पेटको बच्चाको बाबु भनेर । ऊ पनि खै को हो, को हो पो भन्छे !’
आफैँलाई धिक्कारिरहेछु (कविता)
के तिमी र हामी एउटै युद्ध मैदानमा लडेका सिपाही होइनौँ ? एउटै विचार, सिद्धान्त पढेका विद्यार्थी होइनौँ ? एउटै जेलमा जकडिएका एउटै नेलमा नारिएका
एक सत्य इतिहास (कविता)
शान्तिदीप रायमाझी उनी बिरामी थिए अस्पतालमा थिए लाग्थ्यो उनी फेरि तङ्ग्रिने छ्न्
माथिमाथि मुनिमुनि (कथा)
सहरबाहिर एउटा पक्की पुल थियो । पक्की पुलछेउमा एक दिन उसले एउटा जुत्ता मिल्केको देख्यो । जुत्तालाई उसले गडेर हे¥यो । जुत्ताबारे ऊ अनुमान गर्न उत्सुक भयो । पहिलो त यो अनुमान ग¥यो, जुत्ता कसको हो ? जुत्ता जसकसैको हुन सक्थ्यो । जुत्ता मेल फिमेलमध्ये पुरुषकै थियो । फित्ता बाँध्ने खालको । जुत्ता मिल्किएको ठाउँमा उत्तानो परेर आँ गरेर बसेको थियो मानौँ पूरै आकाश निल्न तयार छ । ऊ त्यो पुल भएको सडकछेउको गाउँमा डुल्न आउँथ्यो । मर्निङ वाकमा । गाउँको छेउमा एउटा चियापसल थियो र बिहानको भ्रमण सकेर फर्कने बेलामा
निजात्मक आख्यान र नोबेल–२०२२
शरद ऋतु हाम्रा चाडवाड र पर्वको आल्हादकारी समय त हो नै, सँगसँगै पुरस्कारको मौसम पनि । मदन, पद्मश्रीजस्ता स्वदेशी पुरस्कार मात्र होइन, विश्वप्रसिद्ध नोबेल पुरस्कारका धारावाहिक चर्चाले विविध विधाका मान्छेहरू तरङ्गित भइरहे गत महिना । केही महिनाअघि अमेरिकामा सलमान रुस्दीमाथि भएको आक्रमणपछि यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार उनले पाउने चर्चा चलिरहेको बेला विरलै पढिएकी फ्रान्सेली लेखक एनी एर्नोउले बाजी मारिन् । एकाएक उनका फुटकर लेख÷रचना सामाजिक सञ्जालमा छाउन थाले । उनका किताबबारे बहस हुनथाल्यो, पुराना लेख र समीक्षा उपलब्ध भइरहे । उनको लेखनमा पाइने ‘साहस र असंलग्न तीक्ष्णता’का निम्ति उनलाई यस वर्षको नोबेल दिइएको जनाइएको छ । नोबेल समिति थप खुलाउँछ, ‘यही तीक्ष्णताको बलमा वैयक्तिक स्मृतिका मूलस्रोत, विच्छेदन अनि सामूहिक संयमलाई सतहमा ल्याएकी छन् उनले ।’
जीवनको नदी
सन् १९२५ देखि १९६२ सम्म चलचित्र निर्देशनमा लागेका विश्व सिनेमा जगत्का ध्रुव तारा जँ रेन्वाले युग अनुरूप प्रविधिको उपयोग गर्दै विविध विषयका चलचित्र बनाए र इतिहास रचे । सन् १९४१ देखि १९५१ सम्म अमेरिका बसेर पनि चलचित्र बनाए । अमेरिका बसाइका क्रममा रुमेर गोडेनको पुस्तक ‘द रिभर’मार्फत भारतसँग परिचित हुने मौका पाएका रेन्वाले त्यसैलाई चलचित्रमा उतारे पनि । सन् १९५१ मा बनेको ‘द रिभर’ रेन्वाको अन्तिम र एक मात्र उत्कृष्ट अमेरिकी चलचित्र थियो । रेन्वाको पहिलो रङ्गीन चलचित्र पनि ‘द रिभर’ नै हो । श्याम श्वेत चलचित्रका जादुगर रेन्वाको ‘द रिभर’लाई संसारमा बनेका अत्यन्तै उत्कृष्ट रङ्गीन चलचित्रहरूमध्ये पहिलो नम्बरमा राख्दा फरक पर्दैन । उनकै तेस्रो रङ्गीन चलचित्र ‘फ्रेन्च कानकान’ हेर्ने हो भने लाग्छ कि यी निर्देशकका पिता (पिएर ओगुस्त रेन्वा) आएर चलचित्र निर्देशन गर्ने काम गरे । जँ
देवकोटाको कवितात्मक गद्यकारिता
लक्ष्मीप्रसाद देवकोटासँग मेरो अजिबको सम्बन्ध छ । काव्यभन्दा पहिले मैले महाकविको गद्य पढेँ । म उनको लेखन शिल्पीले मोहित भएँ । उनको भाषाले अहिलेसम्म तानिरहेको छ । त्यो विशिष्ट प्रकारको साङ्गीतिकतालाई म ‘कवितात्मक गद्यकारिता’ भन्न रुचाउँछु । त्यही कवितात्मक गद्यकारिता मैले पछि शङ्कर लामिछाने, मञ्जुल, राममणि रिसाल, डा. दुर्गा भण्डारी र शारदा शर्माका निबन्धमा पाएँ ।
शारदीय घाम र भुइँ कुहिरो (कविता)
मसानबाट जुरुक्क उठेर दिउँसै बर्बराउन थालेको छ मृतात्मा यहीबेला निर्लज्ज बयलगाढा चालकले निस्फिक्री समाइरहेछ विरुदावली जहाजको स्टेरिङ अलपत्र र निरीह प्यासेन्जरहरू
कलमको कुरा (कविता)
कलमको कुरा जान्नेहरू मसिको कुरा गर्न जान्दैनन् । मसीको कुरा जान्नेहरू कलमा प्रवाहित हुन सक्दैनन् ।
म बाँच्न सकूँ सधैँ [कविता]
हृदय तलका, नाता माया, नझर्न दिनू रवि अमर कृतिझैँ, बाँच्ला प्याला, यही सुखले कवि असल मृदु होस्, हाँस्दा हाँस्दै, ललाट महान् कुनै मरण जब होस्, यौटै सत्मा, म बाँच्न सकूँ सधैँ ।।१।।
पदार्थहरूको गीत (कविता)
जतिबेला मलाई ‘तिर्खा’ लाग्छ त्यतिबेला बनिदिन्छौ तिमी ‘पानी’ भोक लाग्दा ‘अन्न’ वा ‘फलफूल’
तारानाथ शर्मा सरलाई म पनि चिन्दछु
प्रसङ्ग मधुपर्क असार २०७९ तारानाथ शर्मा विशेष । मैले उहाँलाई पहिलो र अन्तिम पटक २०५६ सालमा भेटेको हुनुपर्छ । मेरो कान्छो छोरा नोबेल अकाडेमीमा प्लस् टू पढ्दाताकाको कुरा हो । उहाँ प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँका बारेमा सुनेको थिएँ । ‘बेलाइततिर बरालिँदा’ र अन्य एक दुई कृति पढेको थिएँ । उहाँले चाँदनी शाह (रानी ऐश्वर्य)का कविता अनुवाद गरेको सुनेको थिएँ । साहित्यको फाँटमा खेती गर्ने धेरै हुन्छन् तर स्थापित धेरै कम । उहाँ स्थापित लेखक साहित्यकार विद्वान् हो, बुझेको थिएँ ।