• ७ जेठ २०८१, सोमबार

कलमको कुरा (कविता)

blog

कलमको कुरा जान्नेहरू

मसिको कुरा गर्न

जान्दैनन् ।

मसीको कुरा जान्नेहरू

कलमा प्रवाहित हुन

सक्दैनन् ।

कलमलाई मसी

बुझ्नेहरू

मसीलाई कलम

बुझ्नेहरू

किन र कहाँ

झुक्किन्छन्

कसरी र कुन बेला चुक्छन्

मलाई थाहा छैन ।

कलम हुँ

जसले समात्यो

त्यसैसँग हुन्छु

जसले लेख्यो

त्यसैसँग हुन्छु

जसले माया ग¥यो

उसैसँग प्रवाहित र सुरक्षित हुन्छु ।

जसले आदर ग¥यो

उसैसँग नम्र बन्छु ।

मान्छे मेरो अपमान गर्ने

प्रयास गर्छ

मान्छेले नै मेरो खेदो खन्छ ।

मान्छेले नै मलाई

शिर चढाउँछ

पाउ पछार्छ ।

असल मान्छेको

विरोध गर्न मलाई

रत्तिभर आँट

आउँदैन ।

त्यसैले

आज भोलि

दुवैको असल साथी

बनेर आफू

जीवन्त बन्ने

प्रयास गरिरहेछु । 

रे.न.पा.– १४ पराल्मी, गुल्मी