चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएका छौँ : उपप्रमुख डंगोल
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभएको छ ।
गाईजात्रे प्रस्तुति : पुस्तासँगै फेरिए प्लेटफर्म
टाढा टाढा एउटा गाउँमा बाजे बराजु मरेकै ठाउँमा म पनि अचानक अस्ति खसेको छु त्यसैले आफू आफ्नै किरिया बसेको छु ।
फिल्म ‘एक भगवत् गीता’काे ट्रेलर सार्वजनिक
विपिन कार्की अभिनित फिल्म ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक भएको छ
नेपालगन्ज किड्स क्यापिटल तथा मिस एन्ड मिस्टर मोडेल हुने
नेपालगन्जमा शनिबार किड्स क्यापिटल, मिस एन्ड मिस्टर मोडेल अफ बाँकेको पहिलो अडिसन हुने भएको छ ।
“ऐँचाे पैँचो” ले दर्शकको मन जित्दै
वर्तमान राजनीतिलाई केन्द्रमा राखेर बिहीबारदेखि व्यावसायिक प्रदर्शन सुरु भएको “ऐँचै पैँचो” ले दर्शकको मन जित्न थालेको छ । आफू स्थापित हुन राजनीतिकर्मीले के के गर्छन् भन्ने देखाइएको फिल्मले राजनीतिज्ञ र राजनीतिकर्मी सही ढङ्गले नचले जनताले विकल्प खोज्छन् भन्ने पनि देखाइएको छ ।
तिमल्सिनाको गाईजात्रा कोसेली
लोकगायक गोपाल तिमल्सिनाको ‘गाईजात्रा के हुन्छ, के हुन्छ २०८०’ सार्वजनिक भएको छ । राजनीतिक घटना र समसामयिक विषयलाई व्यङ्ग्यात्मक तरिकाले उक्त गाईजात्रा कोसेलीमा प्रस्तुत गरिएको छ । हेरक नेपालीको दुःख वेदनाले भरिएको यथार्थलाई व्यङ्ग्यमार्फत बाहिर ल्याउन खोजेको गायक तिमल्सिनाले बताउनुभयो । उक्त प्रस्तुतिमा शब्द, सङ्गीत र आवाज गोपाल तिमल्सिनाकै रहेको छ भने सङ्गीत संयोजन विष्णु तामाङले गर्नुभएको छ ।
पूर्णिमामा धामी नाच
हुम्लाको सिमकोट गाउँपालिका–५ को बाडपाल देवताको माडुमा धामीहरू नाचेर साउने पूर्णिमा मनाइएको छ । वर्षौं वर्षदेखि यो पर्व यसरी नै मनाउने गरिएको हो । कालासिल्ता, मस्टो, हिल्सा, बाडपाल, घण्टपाललगायतका देवताका धामी आआफ्नो पालो अनुसार नाच्ने गर्दै गर्नुहुन्छ । यसका लागि दर्शालुहरू समेत यो वर्ष धेरै आएको स्थानीय तीर्थराज रोकायाले बताउनुभयो । एकादशीदेखि नै एक छाक मात्र खाएर व्रत बस्दै आउनुभएका धामीहरू नाचेर यो पर्व मनाउने गरिन्छ । यसलाई विशेष पर्व मानिएकाले जिल्लाभित्रका र जिल्लाबाहिर रहँदै आएकाहरू प्नि आआफ्नो घर पुग्ने गर्छन् ।
मनाइयो गाईजात्रा
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना बिहीबार काठमाडौँ उपत्यकालगायत देशभर मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिन मनाइने यो जात्रा भक्तपुरमा भने अष्टमीसम्म नै मनाउने परम्परा रहँदै आएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी, विभिन्न बाजागाजा र झाँकीसहित स्थानीय मठमन्दिर र देवालय परिक्रमा गराउने र दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ ।
लैङ्गिक अल्पसङ्ख्यकको ‘गाईजात्रा प्राइड परेड’
नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजिबिटिआई) समुदायले विभेदरहित र लाञ्छनामुक्त समाज निर्माण र समान अधिकार प्राप्तिको माग राख्दै काठमाडौँमा २० औँ नेपाल गौरवयात्रा तथा गाईजात्रा उत्सव मनाएका छन् । सांस्कृतिक पर्वका रूपमा रहेको ‘गाईजात्रा’ पर्वको अवसरमा नेपालस्थित अमेरिकी दूतावास र राइट टु राइट हेयर नामक संस्थाको सहयोगमा नीलहीरा समाजले गाईजात्रा उत्सवको आयोजना गरेको हो । एक वर्षभित्र दिवङ्गत भएका आफ्ना समुदायका व्यक्तिहरूको सम्झनामा समाजले सप्तरङ्गी दीप प्रज्वलनको समेत आयोजना ग¥यो ।
भेनिस फिल्म फेस्टिभल सुरु
८० औँ भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सुरु भएको छ । फेस्टिभलमा २३ चलचित्रहरू प्रतिस्पर्धामा छन् ।
शुक्रबार रायमाझी साङ्गीतिक साँझ
गायक नारायण रायमाझी पहिलो पटक एकल साङ्गीतिक साँझमा प्रस्तुत हुने भएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा रायमाझीको प्रत्यक्ष प्रस्तुति हुन लागेको हो । ‘नारायण रायमाझी साङ्गीतिक साँझ–२०८०’ नाम दिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले यस कार्यक्रमको आयोजना गरेको हो । गायक एवं सफल चलचित्र निर्देशक समेत रहनुभएका रायमाझीको यो जीवनकै पहिलो एकल साङ्गीतिक कार्यक्रम हुने छ । साङ्गीतिक साँझमा तीन चरणको प्रस्तुति रहने छ । एउटा चरणमा गीतिनाटक (अपेरा) प्रस्तुत हुने छ । यसमा रायमाझीका गीतलाई दर्शकले नृत्य र अभिनयमा समेत हेर्न पाउने छन् ।
‘अकेली’ नारीको सङ्घर्षको कथा
सहज र स्तरीय जीवनयापनको खोजीमा मानिस आफ्नो थाकथलो छोडेर हिँड्न तयार हुन्छ । आफ्नै देशमा कुनै सम्भावना रहेन भने उज्ज्वल भविष्यको सपना देख्दै उसको पाइला विदेशतिर नै लम्कन्छ । कम विकसित देशका मानिसको यस्तो बाध्यता अझै बढी हुन्छ । अझ देशभित्रै युद्ध चलिरहेको छ भने त आयआर्जनको मात्र पनि सवाल रहँदैन जिउज्यानकै सुरक्षाका लागि पनि बाहिरिनु उसको नियति बन्छ । यस्तै जीवन सङ्घर्षलाई चलचित्र ‘अकेली’ मा देखाउन खोजिएको छ ।
सञ्चारकर्मी तथा गीतकार योगीको 'कल्ले खायो दर' सार्वजनिक
सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत 'कल्ले खायो दर' सार्वजनिक भएको छ ।
मङ्सिरमा ‘दुई कदम’
उदय सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘दुई कदम’ को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रका दुई पोस्टरमा प्रदर्शन मिति मङ्सिर २९ उल्लेख गरिएको छ । चलचित्रको सार्वजनिक एक पोस्टरमा डेब्यु अभिनेता इओन लिम्बू र डेब्यु अभिनेतृ सिमोन गिरीलाई छाता ओढेर रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । दोस्रो पोस्टरमा अभिनेता गौरव पहारी रिसाएर हातमा बन्दुक लिएर पड्काउँदा डेब्यु अभिनेतृ गिरी निकै डराएको हाउभाउमा देखिनुभएको छ ।
मानसिक यातना दिएको भन्दै समीक्षाकाे उजुरी
गायिका समीक्षा अधिकारीले चार फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिनुभएको छ ।
‘महाजात्रा’ को निर्माण घोषणा
जात्रा’ फ्रेन्चाइजको तेस्रो शृङ्खला ‘महाजात्रा’ को निर्माण घोषणासँगै कलाकार तथा प्रदर्शन मिति सार्वजनिक गरिएको छ । एउटा ट्रकको पछाडिको भागलाई चित्रित गरिएको पोस्टरमा चलचित्रको प्रदर्शन मिति आगामी चैत ९ गते उल्लेख गरिएको छ । चलचित्र फागुपूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । चलचित्रमा ‘जात्रा’ सिरिजकै चार कलाकार विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा र वर्षा राउत पुनः दोहोरिने हुनुभएको छ । साथै कलाकार हरिवंश आचार्यको पनि अभिनय रहने भएको छ । पोस्टरमा चित्रित ट्रक पैसाको बिटोले भरिएको छ ।
राधिका, सहिमा र पूजाको तिज गीत
राधिका अधिकारीको नयाँ तिज गीत ‘माइती देशको गाउँ’ सार्वजनिक भएको छ । गीतमा गायिका काव्य आचार्य र मीना नेपालीले स्वर दिनुभएको छ । दीपक शर्माको सङ्गीत तथा राजेन्द्र बजगाईंको सङ्गीत संयोजन रहेको छ । गयिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिले पनि तिजको कोसेलीस्वरूप ‘पाउजु बजाउँदै’ बोलको गीत ल्याउनुभएको छ । स्रष्टा अमर वन्तुको शब्द, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा ‘पाउजु बजाउँदै’ बोलको तिज गीतमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेशवीर सिंहको अभिनय रहेको छ भने निर्देशन स्मृति तिमल्सिनाले गर्नुभएको हो । भिडियो गायिका श्रेष्ठको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायक वज्राचार्य सद्भावना दूत
नेपाली युवामाझ गायक दीपक वज्राचार्य र उहाँकी छोरी चेरिसा वज्राचार्यलाई इन्टरनेसनल एजुकेसन, माइग्रेसन एन्ड भिसा सर्भिसेस कम्पनी स्मार्ट एक्सेसुले सद्भावना दूत नियुक्त गरेको छ । नेपाली गीत सङ्गीतलाई अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसारका लागि उल्लेखनीय योगदान गर्नुभएका गायक वज्राचार्य र चेरिसा यतिबेला ‘प्रोजेक्ट नजिक’ अन्तर्गत अस्ट्रेलियाको साङ्गीतिक भ्रमणमा हुनुहुन्छ । ‘स्मार्ट एक्सेस’ ले अस्ट्रेलियाको मेलबर्नमा वज्राचार्य र चेरिसालाई सद्भावना दूत नियुक्त गरेको हो ।
चौथो प्रतिभा नक्षत्रमा इशानी र गृष्मा विजयी
संयूक्त अधिराज्य (बेलायत) मा मौलिक नेपाली कला,संस्कृति प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यसहित भएको चौथो प्रतिभा नक्षत्रमा इशानी बराल र गृष्मा खडका संयूक्त रूपमा विजयी हुनु भएको छ ।
चलचित्र महोत्सवको तयारी
उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरमा पर्यटनका लागि ‘फिल्म फेस्टिभल’ भन्ने नाराका साथ थाहा फिल्म फेस्टिभल–२०२३ आयोजना गरिने भएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण थाहा नगरलाई खुला फिल्म सिटीका रूपमा विकाससँगै पर्यटन प्रवर्धनमा टेवा पु-याउने उद्देश्यसहित आगामी मङ्सिरमा साताव्यापी फिल्म महोत्सव आयोजना गर्न लागिएको शनिबार हेटौँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
रङ्गमञ्चमा महिला सहभागितासँगै बढ्दो उत्साह
पछिल्लो समय रङ्गकर्ममा महिलाको उपस्थिति बढ्दो छ । सङ्ख्यात्मक वृद्धि सँगसँगै महिला प्रमुख पात्र नै भएर नाटकहरू मञ्चन हुने क्रमले पनि तीव्रता पाएको छ । यसले महिला कलाकारका लागि उत्साह जगाएको छ । निशा शर्मा, दीया मास्के, सरिता गिरी, पशुपति राई, सिर्जना सुब्बा, सरस्वती चौधरी, मेनुका प्रधान, आकाङ्क्षा कार्की, रेणुनाथ योगी अहिलेको रङ्गमञ्चका चर्चित नाम हुन् ।
बाँकेमा प्रतिभा खोजिँदै
बाँकेको नेपालगन्जमा प्रतिभाको खोजी गर्न ‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’ को तयारी भएको छ । केबी डान्स स्टुडियो रुपन्देहीको आयोजनामा नेपालगन्जमा शनिबार प्रतिभा खोजीको अन्तिम प्रतियोगिता हुन लागेको हो । कार्यक्रमकी संयोजक अन्जु रसाइलीले यस प्रतियोगितामा नृत्य, गायन र मोडलिङ गरेर तीन वटा विधा सामेल गरिएको जानकारी गराउनुभयो । कार्यक्रमका सहआयोजक सत्यनारायण चौधरीले स्थानीय कलाकारलाई मञ्च प्रदान गर्नका लागि नेपालगन्जमा प्रतिभाको खोजी गरिएको स्पष्ट पार्नुभयो ।
चार चलचित्र प्रदर्शनमा
शुक्रबारदेखि चार चलचित्र प्रदर्शनमा आएका छन्। दुई वटा नेपाली, एउटा हिन्दी र एउटा हलिउडको चलचित्र प्रदर्शनमा आएका हुन्। ‘जय हो’ ‘महानगर’, ‘ड्रिमगर्ल–२’ र ‘ग्रान टुरिस्मो’ प्रदर्शनमा आएका चलचित्र हुन्। चलचित्र ‘जय हो’ लाई टेक पौरखी राईले निर्देशन गर्नुभएको छ। सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, प्रेम पाण्डे र कुमार थिङको पनि अभिनय रहेको छ। शोभित बस्नेत प्रस्तुतकर्ता रहनुभएको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भिएफएक्स छ।
लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको तयारी
ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले इन्द्रजात्राका अवसरमा लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको आयोजना हुने भएको छ ।