गायनमा सिम्रनको चर्चा
गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ ।
फेरि भगवानकै कथा ‘ओएमजी–२’
हास्यव्यङ्ग्यले दर्शकको मनमा स्थान बनाएको चलचित्र ‘ओएमजी’ को सिक्वेल ‘ओएमजी–२’ ले पनि दर्शकलाई पेट मिचिमिची हास्न बाध्य बनाउँछ । ओएमजीमा जहाँ भगवान् स्वयम् नास्तिक कान्जी लालजी मेहताको समस्या समाधान गर्न पृथ्वीमा आउँछन् । ओएमजी–२ को कथा भने केही फरक छ । चलचित्रमा भगवान् शिवले आस्तिक कान्तिशरण मुद्गलको समस्या समाधान गर्न आफ्नो दूतलाई पृथ्वीमा पठाउँछन् । भगवान्को रूप धारण गरेका अक्षय कुमारलाई अघिल्लाभन्दा यसमा केही भिन्न देखाइएको छ । उनको सिक्सप्याक एब्स र अनुहारको भाव यसमा केही फरक देखाउन खोजिएको छ । यसअघि ‘ओएमजी’ मा भगवान् कृष्णको अवतारमा देखिएका अक्षयलाई दर्शकले अत्यधिक रुचाएका थिए ।
‘ब्रह्माण्ड’ को टिजर सार्वजनिक
कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निर्माण रहेको नेपाली वेब सिरिज ‘ब्रह्माण्डको टिजर’ सार्वजनिक भएको छ । टिजर नेपाली, अङ्ग्रेजी र हिन्दी गरी तीन भाषामा सार्वजनिक गरिएको छ । ओटिटी प्लेटफर्मका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै यो सिरिज बनाइएको निर्माण पक्षले जनाएको छ । आठ भागमा निर्माण भएको सिरिजको प्रत्येक भाग एक एक घण्टाको हुने छ । रियाज नाटककार यसका निर्देशक हुनुहुन्छ भने सागरराज आचार्य कार्यकारी निर्माता हुनुहुन्छ ।
‘झ्याउरे गीत’ मा रम्दै शिव
नेपालको कर्णाली र गण्डकीलगायतका जिल्लामा बढी गाइने ‘झ्याउरे गीत’ अहिले अन्यत्र पनि उत्तिकै रुचाउन थालिएको छ । गीत सङ्गीतको बजारमा झ्याउरे गीतको छुट्टै महत्व र पहिचान बन्न थालेको छ । नेपालमा झ्याउरे गीतका युवा पुस्तालाई प्रतिनिधित्व गर्ने गायक हुनुहुन्छ शिव सङ्गीत । आधुनिक र पप गीतको रमझममा मौलिक संस्कृतिलाई बचाउनमा शिव सङ्गीतले युवा पुस्ताको प्रतिनिधित्व गर्नुभएको छ । बजारमा झ्याउरे गीत नभएका होइनन् तर सुर्खेती पश्चिमेली झ्याउरे गीतलाई सङ्गीत बजारमा चिनाउने काममा शिव सङ्गीतको योगदान विशेष छ ।
तिज गीत ‘ए आमा गाउँदै नाच्ने हो’
गायिका पुजन काफ्लेको स्वरमा रहेको तिज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक भएको छ । गीतमा गायिका काफ्लेकै शब्द र आरसी रिमालको सङ्गीत छ । गायिका काफ्लेले तिजमा हर्षोल्लासका साथ मनाउनु पर्छ भन्ने भाव व्यक्त गरिएको बताउनुभयो । गीतको भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एन्जल काफ्ले, तारा लामा, उषा काफ्लेलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
लीलाको शब्दमा ‘पिरतीको मुस्कान’
अभिनेतृ मिरुना मगर र द भ्वाइस अफ नेपाल सिजन–४ विजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रहसनको तयारी
कलाकारको दसैँ मानिने गाईजात्रामा यो वर्ष पनि कलाकारहरू दर्शक हँसाउने तयारी गर्दै हुनुहुन्छ । सधैँ झैँ यस पटक पनि गाईजात्रा महोत्सवमा अधिकांश हँसाउने मसला राजनीतिक र सामाजिक नै हुने कलाकारहरू बताउनुहुन्छ । धेरैजसो कलाकार देश चलाउने नेता, सभासद्का कुकृत्यलाई तारो बनाउँदै दर्शकलाई पेट मिच्न बाध्य पार्दै हुनुहुन्छ ।
भारतका प्रितम राई मेरो भ्वाइस विजेता
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका छन् ।
ओशाकामा नेपथ्यको अन्तिम प्रस्तुति
ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुति दिएसँगै लोकरक ब्यान्ड नेपथ्यले यो वर्षको शृङ्खलाबद्ध जापान यात्रालाई विश्राम दिएको छ। ओशाकाको ‘नाम्बा ह्याच सभा गृह’ मा भएको कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति रहेकोे आयोजकले जनाएको छ। गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य टोलीले ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत गरेको थियो। कार्यक्रम अवधिभर दर्शकसँग संवादसमेत गरेका अमृतले उपस्थित सबैलाई नेपाल पुगेका बेला डाँडाकाँडाको यात्रा गर्न प्रेरित गर्नुका साथै नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न अनुरोध गर्नुभएको थियो।
मिस युनिभर्स नेपालका २२ प्रतिस्पर्धी सार्वजनिक
‘मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धी सार्वजनिक भएका छन्। एसियन पेन्टस्को सहकार्यमा उमङ्ग क्रिएसनले आयोजना गरेको प्रतिस्पर्धामा पाँच सय जनाबाट छानिएर २२ जना अन्तिम प्रतिस्पर्धीमा छानिएका हुन्। छानिएका २२ जनामध्ये दुई जना विवाहित महिला र एक जना ‘ट्रान्स जेन्डर’ समेत सहभागिता रहेको आयोजकले जनाएको छ। यस प्रतियोगिताको अन्तिम छनोट भदौ २३ गते हुने उमङ्ग क्रियसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताउनुभयो। २२ जना अन्तिम प्रतिस्पर्धीमध्येबाट विजेताले नोभेम्बरमा एलसाल्भाडोरमा हुने मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अधिकारीले जानकारी दिनुभयो।
गोर्खा वारियरमा हाम्रो कथा देखाइएको छ : प्रधानसेनापति शर्मा
शुक्रबार बेलुकी आयोजित चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हेरेपछि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले चलचित्रमार्फत गोर्खालीको वीरता प्रस्तुत भएको प्रतिक्रिया दिनुभयो ।
रहस्यमय कथा ‘ट्रान्जिट’
काठमाडौँको पुरानो बानेश्वरस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘ट्रान्जिट’ मा ‘मायावी’ पात्रका रूपमा तीन जना अभिनेत्रीले अभिनय गरेका छन् । भूतकालको यात्रा गर्दै इतिहासका विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा पुगेका यी तीन अभिनेत्रीद्वारा मायावीको रहस्यमय कथालाई रोचक ढङ्गबाट प्रस्तुत गरिएको छ । नाटकका मुख्य पात्रहरू एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्छन्, जहाँ भूत र भविष्यत् कालको ट्रान्जिटका रूपमा वर्तमानलाई मञ्चन गरिएको छ । नाटकका मुख्य पात्र नाटककारकै भूमिकामा देखिएका छन् । उनको नाटकप्रतिको गहिराइ र त्यसमै समर्पित हुँदा एक परिकल्पनामा बाँचेको अवस्थालाई नाटकमा उजागर गर्न खोजिएको छ ।
पुरानो चलचित्रको कपी ‘जेलर’
‘जेलर’ को कथा टाइगर मुथुवेल पाण्डियनको वरिपरि घुमेको छ। चलचित्रका प्रमुख कलाकार रजनीकान्त एक सेवानिवृत्त व्यक्ति हुनुहुन्छ। उहाँले घरपरिवारसँगै आफ्नो समय बिताइरहनुभएको छ। उहाँका छोरा अर्जुन (वसन्त रवि) जो एक प्रहरी सहायक आयुक्त वर्मा (विनायकन) को नेतृत्वमा माफिया गिरोहको खोजी गर्दा बेपत्ता हुन्छन्। यसपछि उहाँका बुवा आफ्नो छोराको खोजीमा निस्कनुहुन्छ। आफ्नो विगतका साथीहरूको सहयोगमा उहाँ अपराधीका अनेकन गतिविधि पत्ता लगाउन सफल हुनहुन्छ। यसपछि कथामा ठुलै ट्विस्ट आउँछ। चलचित्रमा टाइगरले पनि अनुमान गर्न नसकेका घटना हुँदै जान्छ।
दसैँमा ‘भष्मे डन’
‘भष्मे डन’ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका प्रमुख पात्र ‘भष्मे डन’ को भूमिकामा अभिनय गर्नुभएका विपिन कार्कीलाई चित्रण गरिएको छ। त्यस्तै दोस्रो पोस्टरमा विपिनसँगै अन्य पात्रलाई पनि चित्रण गरिएको छ।
मेरो भ्वाइस र डान्स युनिभर्सको प्रतिस्पर्धा भोलिः कसले जित्ला एक करोड पुरस्कार
भेषराज कार्कीकाठमाडौँ,भदौ १ गते । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिबार हुने भएको छ । यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्न शनिबार प्रतिस्पर्धा गर्दैछन् ।इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही रु एक करोड, उपविजेताले रु ३० लाख र दोस्रोले रु २० लाखसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । शनिबार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा हुने अन्तिम पाँचमा रहेका ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’को नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । नृत्यअन्तर्गत सामूहिक नृत्य पनि छ र त्यसमा प्रथम हुनेले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्कमका शिशिर ठटाल र प्रितम राई, दार्जलिङका साइराज खाती तथा नेपालको सङ्खुवासभाका परेश राई र काभ्रेका शरद् हुमागाईँ अन्तिम पाँचमा हुनुहुन्छ । यस्तै नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङा डि लेप्चा (सिक्किम), खुसी कार्की ९थाइल्यान्ड०, देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा हुनुहुन्छ ।तीन महिनासम्म प्रसारण भएका दुई कार्यक्रमले संसारभर रहेका नेपालीको ध्यान तान्न सफल भएको नेपाल तथा विश्वमा रहेका नेपाली कलाकारहरूले बताएका छन् । दुवै प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेका प्रतिभाहरूले यही प्रतिस्पर्धाका लागि आफ्नो मातृ तथा पितृभूमि नेपाल आउन पाएकामा खुसी व्यक्त गर्दै अन्तिम प्रतिस्पर्धामा रहेको भए पनि आफूहरूले एकले अर्कालाई सफल भएको देख्न चाहेको बताउँछन् ।फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउँदै आउनुभएको छ ।आगामी वर्षहरूमा यस कार्यक्रमलाई अझै परिस्कृत, विश्वव्यापी र भव्य बनाउने योजना रहेको पनि अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै मञ्चमा विश्वभरका प्रतिभाशाली नेपाली सुन्दर फूल देखिए । उनीहरूको सपनासँगै कला र संस्कृतिलाई हामीले विश्वभरका नेपाली र नेपालीभाषीसम्म पुनः पुर्याउन सफल भएका छौँ । यसबाट संसारका सबै नेपाली खुसी छन्, उनीहरूले आगामी दिनमा यस कार्यक्रमले निरन्तरता पाओस् भन्ने कामना पनि गरेका छन् ।”गायन प्रतियोगिताका निर्णायकमा ‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा हुनुहुन्छ भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, शङ्कर बिसी, दिलीप रायमाझी, प्रियङ्का कार्की, केकी अधिकारी र नरमान राई निर्णायक हुनुहुन्छ ।यी प्रतियोगिताका लागि उक्त फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो । ती देशबाट गायनमा एक सय २० र नृत्यमा एक सय २० जना कलाकार छानी उनीहरूलाई तीन महिनाअघि नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो ।ती प्रतिस्पर्धाबाट छानिएका अन्तिम पाँच–पाँच जनाले गायन र नृत्यमा विजेता बन्नका लागि शनिबार अन्तिम प्रतिस्पर्धा गर्ने भएका हुन् । यो प्रतिस्पर्धालाई नेपाली कलाकारले नेपालको अहिलेसम्मको सर्वाधिक ठूलो राशिको पुरस्कारका कारण आकर्षक हुनुका साथै विश्वको विभिन्न भूगोलमा छरिएर रहेका नेपालीहरूको चासोको प्रतिस्पर्धाका रूपमा रहेको बताएका छन् । रासस
‘गर्लफ्रेन्ड छोडेँ मैले’ सार्वजनिक
नेपाली कला क्षेत्रमा निर्माता, गायक तथा अभिनेताका रूपमा सक्रिय विक्रमजङ्ग शाहले नयाँ गीत ‘गर्लफ्रेन्ड छोडेँ मैले’ सार्वजनिक गर्नुभएको छ । यज्ञ विकको शब्द र सङ्गीत रहेको गीत गायनमा विक्रमलाई गायिका टीका पुनले साथ दिनुभएको छ । विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा ‘ब्रेकअपको कन्सेप्ट’ देखाइएको छ ।
सुव्रतको ‘केही मिठो बात गरौँ’
पत्रकार सुव्रतराज आचार्यको प्रिमियम ‘टक सो ‘केही मिठो बात गरौँ’ को पहिलो सिजन प्रसारण हुने भएको छ । ओएसआर डिजिटलको युट्युब प्लेटफार्म ओएसआर रियालिटीमार्फत भदौ महिनादेखि हरेक हप्ता प्रसारण हुने छ । २६ शृङ्खला प्रसारण हुने पहिलो सिजनमा अभिनेता सरोज खनाल, गायक रामकृष्ण ढकाल, गायिका देविका वन्दना, गायक आनन्द कार्की, साहित्यकार नयनराज पाण्डे, डा. दिलजान मंसुर, अभिनेतृ रिमा विश्वकर्मा, अभिनेता आकाश श्रेष्ठ, मोडल गरिमा शर्मालगायतसँग सुव्रतले गरेको कुराकानी रहेको छ ।
‘गणपति’ मा जीवनका उतारचढाव
चलचित्र ‘गणपति’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट चार सेकेन्ड लामो ट्रेलरमा चलचित्रको कथावस्तु बुझाउने प्रयास गरिएको छ । एक व्यक्तिको अस्वाभाविक रूपमा जन्म, बाल्यकाल र युवावस्थामा आउने उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । निःसन्तान दम्पतीलाई भगवान् गणेश जस्तो स्वरूपको पुत्रलाभ भएपछि आइपर्ने विविध परिस्थितिको कथा चलचित्रमा दर्शाउन खोजिएको छ ।
धमाधम आउन थाले तिज गीत
तिज आउन अझै एक महिना बाँकी रहँदा सञ्चार माध्यम र युट्युबहरूमा तिजलक्षित गीत र भिडियो धमाधम आउन थालेका छन् । यस वर्ष साउनमा मलमास परेकाले असोज १ गते मात्र हिन्दु महिलाले मनाउने तिज पर्व परेको छ । पुरुषोत्तम मासको व्रत सकिँदा नसकिँदै सञ्चार माध्यममा र सामाजिक सञ्जालमा छाउन थालेका तिजका गीतले महिलाहरूमा तिजको रौनक देखिन थालेको छ । गायकगायिका र म्युजिक भिडियो निर्माताहरू तिजका गीत बजारमा ल्याउने चटारो बढेको बताउँछन् । दिनहुँ जस्तो तिजका गीतका भिडियो बनाउन प्रस्ताव आउन थालेको भिडियो निर्माता एवं निर्देशक कृष्ण रूपाखेती बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजार चलेका गायकगायिकाको भाउ यति बेला सुनभन्दा पनि चर्को छ । तिजको लहरमा लहड बनेर आएका गीतहरूको आयु पनि यही एक डेढ महिना रहने हो ।”
राजनीतिक भूमिकामा नायिका खड्का
राजनीतिक पृष्ठभूमिको कथा रहेको चलचित्र ‘ऐँचो पैँचो’ मा अभिनेतृ स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको छ । उहाँ चलचित्रमा राजनीतिज्ञको भूमिकामा प्रस्तुत हुनुभएको छ । खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा आमनागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ । कलेज जीवनमा नै यसलाई नजिकबाट नियालेकाले यससम्बन्धी केही ज्ञान छ ।” उहाँले आफू कुनै पार्टीको विचारसँग नभई केही व्यक्तिसँग प्रभावित रहेको बताउनुभयो ।
फुकुओकामा नेपथ्यको जमघट
नेपथ्य टोलीले जापानको फुकुओकामा पनि राजधानीको टोकियोमा जस्तै दर्शकबाट उत्तिकै न्यानो हार्दिकता पाउन सफल भएको छ ।
आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का
अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्नुभएको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उहाँले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ ।
'गदर-२' दुई सय करोड क्लबमा
सन्नी देओल र अमिषा पटेल अभिनीत बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।
‘रङ्गेली’ बन्यो रङ्गेली ग्याङ्स्टर्स
चलचित्र रङ्गेली ग्याङ्स्टर्स नाम परिमार्जन गरी ‘रङ्गेली’ राखिएको छ । निर्माण टिमले प्रेस वक्तव्य जारी गर्दै यसको नाम परिमार्जन गरेको जानकारी गराएको छ । वक्तव्यमा शीर्षकमा गरिएको परिमार्जनले हाम्रो समाजभित्र सकारात्मकता, एकता र सम्मानको वातावरण कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ । चलचित्रको छायाङ्कन हुने स्थान मोरङको रङ्गेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो । त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट यस चलचित्रको शीर्षकमा परिमार्जनका लागि आग्रह गरिएको थियो । उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो । यद्यपि, चलचित्रको स्क्रिप्टमा कुनै परिमार्जन गरिएको छैन ।