गुल्मीमा 'दियो' सिनेमा हल सञ्चालनको तयारी
गुल्मीमा पहिलो पटक ‘डिजिटल डल्बी साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित सिनेमा हल सञ्चालनमा आउने भएको छ ।
मिस युनिभर्स नेपाल–२०२३ को उपाधि ग्यारेटलाई
उमङ्ग क्रिएसनले आयोजना गरेको चौथो सिजनको एसियन पेन्ट मिस युनिभर्स नेपाल–२०२३ को उपाधि जैन दीपिका ग्यारेटले जित्नुभएको छ । गोदावरीको कन्फ्रेन्स सेन्टरमा आयोजित एक समारोहमा मिस युनिभर्स–२०२३ को फिनाले सम्पन्न भएको हो । समारोहमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै जैन दीपिका ग्यारेट विजयी हुनुभएको हो ।
जानकीको तिज गीत ‘अब त चाहियो काठमाडौँमा घर’
गीतकार तथा सङ्गीतकार जानकी पन्थको ‘अब त चाहियो काठमाडौँमा घर’ सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गीतमा शब्द र सङ्गीत जानकीकै रहेको छ । गायिका अस्मिता अधिकारी र अलिफ खानको सुमधुर स्वरले सजिएको गीतमा महेन्द्र भण्डारीको सङ्गीत संयोजन रहेको छ ।
एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटलाई
एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटले जित्नुभएको छ । उमङ्ग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटले हात पार्नुभएको हो ।
मण्डलामा ‘दमिनी भिर’
मण्डला थिएटरमा नाटक ‘दमिनी भिर’ मञ्चन सुरु भएको छ । इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशनमा बनेको नाटक राजन मुकारुङको उपन्यास दमिनी भिरमा आधारित छ । यो उपन्यास मदन पुरस्कार २०६९ बाट पुरस्कृत भएको थियो । थैली इन्टरटेनमेन्टको सहकार्यमा नाटक तयार भएको हो । साहित्यकार मुकारुङको लेखनमा निर्माण गरिएको यो पाँचौँ नाटक हो । यसअघि उनको लेखनमा ‘घुम्रिएको कपाल’, ‘जोखाना’, ‘हेच्छाकुप्पा’ र ‘खुवालुङ’ मञ्चन गरिएको थियो ।
गीतकारको परिचय बनाउँदै सौरभ ज्योति
उद्योगपति एवं व्यवसायीका रूपमा चिनिँदै आउनुभएका सौरभ ज्योति पछिल्लो समय आफूलाई गीतकारका रूपमा पनि चिनाउने प्रयासमा लाग्नुभएको छ । ज्योति ग्रुपको उत्पादन, व्यापार, सेवा र लगानीको बागडोर सम्हाल्दा सम्हाल्दै पनि उहाँ गीत गायन र सङ्गीत सिर्जनामा आफूलाई लगाउन थाल्नुभएको छ । हालै मात्र उहाँले नयाँ गीत ‘छ–जी’ सार्वजनिक गर्नुभएको छ । नेवारी भाषामा गाउनुभएको प्रेम भावको यो गीतको माधुर्य धुनका कारण धेरैले रुचाएका छन् । यसअघि उहाँ ‘मेरो देश’ बोलको पहिलो गीत ल्याइसक्नुभएको थियो । बाल्यकालदेखि नै गीत सङ्गीतप्रति औधी रुचि रहेको सौरभ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ
सिरियामा फसेकी युवतीको कथा ‘दी फ्रिलान्सर’
‘खाँकी’, ‘बेबी,’ ‘स्पेसल अप्स’ चलचित्र निर्देशन गरिसकेका नीरज पाण्डे अर्को एक्सन सिरिज लिएर आउनुभएको छ । फरक ढङ्गले चलचित्र बनाउने उहाँको तरिका यस नयाँ सिरिज ‘दी फ्रिलान्सर’ मा हेर्न सकिन्छ । पाण्डे कथा कथनदेखि पात्रको चरित्र निरूपणसम्म दर्शकलाई व्यस्त बनाउनुहुन्छ । कथा एक सन्दिग्ध व्यक्तिसँग विवाह गरेर आफ्नो हनिमुनमा सिरिया जाने युवतीको अपहरणवरिपरि घुमेको छ ।
देश फर्कने र छाड्नेको कथा ‘दी रेड सुट्केस’
चलचित्र ‘दी रेड सुट्केस’ को भिडियो क्लिप सार्वजनिक गरिएको छ । दुई मिनेटको भिडियो क्लिपमा देश फर्कने र देश छाड्नेको नियतिलाई सुन्दर फ्रेममा कैद गरिएको छ । फिडेल देवकोटाको लेखन र
'पशुपतिके जात्रा सिद्राके व्यापार' सार्वजनिक
पश्चिम नवलपरासीका साहित्य सर्जक तथा समाजसेवी प्रेमचन्द्र गुप्ताको गीति एल्बम 'पशुपतिके जात्रा सिद्राके व्यापार' सार्वजनिक भएको छ । गीति एल्बमले मधेशका जनताको पीडा गीतमार्फत अभिव्यक्त गर्दै मधेशमा भएको विकृति र विसङ्गति उजागर गरिएको छ ।
भैरव कुमारी जात्रा मनाइयो
परम्परागतमा रूपमा प्रत्येक वर्ष दोलखाको सदरमुकाम चरीकोटको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा मनाइने भैरव कुमारी जात्रा यस वर्ष पनि अत्यन्त उत्साहका साथ मनाइएको छ ।
‘नरोऊ माया सम्झेर मलाई’ रिलिज
विसं २०४० मा रिलिज भई बहुचर्चित बनेको लोकगीत ‘नरोऊ माया सम्झेर मलाई’ कृष्ण भजन गीतका रूपमा भिडियोसहित ‘नरोऊ राधा सम्झेर मलाई’ शीर्षकमा रिलिज भएको छ । श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा मङ्गलबार इन्टरनेटमार्फत गीत सार्वजनिक गरिएको हो ।
‘मायावी’ घोषणा
निर्देशक दिवाकर भट्टराईले फिल्म ‘मायावी’ मार्फत निर्देशनमा कमब्याक गर्नुभएको छ । निर्देशक भट्टराईले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ‘मायावी’ को घोषणा गर्नुभएको हो ।
भदौ २७ देखि नाटक ‘ह राम पण्डित’ मञ्चन
दैलो प्रोडक्सनको प्रस्तुति र भैरव अर्याल पुरस्करा गुठीको सहकार्यमा तयार भएको नाटक आउँदो भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटर, गोठाले नाटकघरमा मञ्चनको तयारी भएको हो।
तीज गीत प्रतियोगिता हुने
गुल्मीको एक सहकारीले महिलाहरूलाई सहकारी जागरण सिर्जना गर्ने उद्देश्यले तीज गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
अभिनेत्री गौरी मल्लको ‘धिन ताका नाका धिन’ सार्वजनिक
अभिनेत्री गौरी मल्लको तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ । मङ्गलबार साँझ काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।
महोत्सवका लागि नाटक छनोट
पोखरामा भदौ २७ देखि आयोजना हुने विद्यालय नाटक महोत्सवका लागि छनोट भएका नाटकको विवरणसहित मञ्चन मिति आयोजक पोखरा थिएटरले सार्वजनिक गरेको छ । महोत्सवमा पोखरा महानगरपालिकाका विद्यालयका
एसियन पेन्ट्स मिस युनिभर्सका अन्तिम प्रतिस्पर्धीबिच प्रश्नोत्तर
एसियन पेन्ट मिस युनिभर्स नेपालका २०२३ का अन्तिम २२ जना प्रतिस्पर्धीबिच प्रश्नोत्तर कार्यक्रम समापन भएको छ ।
स्विम सुटमा मिस युनिभर्स नेपालका प्रतिस्पर्धीको र्याप
मिस युनिभर्स नेपालका प्रतिस्पर्धीले मंगलबार स्विम सुट राउन्डमा र्याप प्रस्तुत गरेका छन् ।
गोरखालीको कथा विश्वले हेर्दैछ : निर्देशक चाम्स
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार राम्रो भइरहेको छ । विशेषतः अमेरिका, अष्ट्रेलिया, जापानमा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् ।
मलाई कथाले आकर्षित गर्छ : अभिनेत्री कोइराला
अभिनेत्री मनिषा कोइराला नेपाली चलचित्रमा नदेखिनुभएको लामो समय भइसकेको छ । नेपाली चलचित्र ‘धर्मा’ मा अभिनय गर्नुभएकी अभिनेत्री कोइराला भारतीय चलचित्र र शृङ्खलामै व्यस्त हुनुहुन्छ ।
हास्यव्यङ्ग्यको झटारो ‘८० सालको गाईजात्रा’
काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा देखाइएको ‘८० सालको गाईजात्रा’ मा सरकार, सदन, सडकदेखि समाजसम्मका व्यक्तिलाई गाईजात्राको तगारोमा हालिएको छ । नेतादेखि अभिनेतासम्म, मन्त्रीदेखि कर्मचारीसम्म, सर्वसाधारणको घरदेखि शीतल निवाससम्मको गाईजात्रे झटारोलाई कलाकारले मुख्य विषय बनाउनुभएको छ । हलभित्र व्यङ्ग्यको झटारो यति सुन्न पाइन्छ कि कार्यव्रmम सकिएपछि पनि दर्शकलाई कार्यव्रmमस्थल छाडेर आउन मन लाग्दैन ।
रोधीबाट उदाएकी रोशनी
पश्चिम नेपालमा चल्दै आएको रोधी संस्कृतिबाट गायनयात्रा थाल्नुभएकी गायिका रोशनी रसाइली अहिले लोकप्रिय लोक तथा दोहोरी गायिकाका रूपमा स्थापित हुनुभएको छ । बागलुङमा जन्मिनुभएकी रसाइली विगत १५
राजनीतिक दाउपेच ‘ऐँचो पैँचो’
राजनीतिले समाजमा पारेको प्रभावलाई सशक्त ढङ्गले चलचित्र ‘ऐँचो पैँचो’ मा देखाउन खोजिएको छ । मुलुककोे राजनीतिमा देखिँदै आएको परिदृश्यलाई चलचित्रको पर्दामा कटाक्ष र व्यङ्ग्य गरिएको छ । चलचित्रले राजनीतिकर्मीलाई अब सच्चिनुपर्ने सन्देश दिएको छ । चलचित्रमा बनावटी होइन राजनीतिज्ञकै यथार्थ कथा प्रस्तुत गरिएको छ । दिलेन्द्र (मुकुन भुसाल) पार्टीका लागि आफ्नै नैतिकताले दिएसम्म जे गर्न पनि तयार हुनुहुन्छ । उहाँलाई राजनीतिमा रुचि छ तर राजनीतिको फोहोरी खेलसँग
चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएका छौँ : उपप्रमुख डंगोल
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभएको छ ।