चलचित्र जुलेबीको ‘आज मन’
भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा केतन क्षेत्रीको स्वर, कोसिस क्षेत्री र केतनको शब्द तथा सङ्गीत छ ।
‘पहिलो नम्बर’ मा कर्मा र साम्राज्ञी
चलचित्र ‘नाङ्गो गाउँ’ को गीत ‘पहिलो नम्बर’ सार्वजनिक भएको छ । भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको सङ्गीत छ ।
एकसाथ एक्काइस म्युजिक भिडियो
लोकगायिका हरिदेवी कोइराला यतिबेला निकै व्यस्त हुनुहुन्छ । आफ्ना पुराना र नयाँ गरी २१ गीतको म्युजिक भिडियो बनाउन उहाँ जुट्नुभएको छ । पहिला नै रेकर्ड भएका र जनमानसमा लोकप्रिय भएका केही गीतलाई उहाँ म्युजिक भिडियोमा ल्याउँदै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले गीत हेर्ने जमाना आयो । पहिले क्यासेटमा निकालेका गीत संरक्षण गर्न र पछिल्लो पुस्तालाई सुनाउन पनि म्युजिक भिडियो बनाउनैपर्ने भयो ।”
‘जुम्बा’ मा झुम्दै बालबालिकादेखि पाकासम्म
बालबालिकादेखि पाकासम्म अचेल जुम्बा नृत्यमा भेटिन थालेका छन् । मनोरञ्जनका लागि मात्र नभएर स्वस्थ हुन र तौल घटाउन पनि जुम्बा नृत्यप्रति आकर्षण बढ्दै गएको हो । जुम्बा नृत्यको ताल र चालमार्फत शारीरिक तन्दुरुस्तीका लागि गरिने एक प्रकारको ‘थेरापी’ हो । मोटोपन घटाउन होस् वा स्वस्थ रहन जुम्बाको आकर्षण बढ्दो छ । अहिले कतिपय महानगरपालिका वा नगरपालिकाले वडा वडामा जुम्बाको कक्षा सञ्चालन गरिरहेको पाइन्छ । यसबाहेक निजी क्षेत्रबाट पनि यस्ता कक्षा सञ्चालन भइरहेका छन् ।
कलाकारको ब्रान्ड मोह
कलाकार समाजका लागि नमुना हुन् । चलचित्र वा नाटकमा मात्र होइन अन्य अवसरमा पनि उनीहरूले गरेका व्यवहार, अपनाएको जीवनशैलीलाई समाजले नमुनाकै रूपमा ग्रहण गरिरहेको हुन्छ । उनीहरूले कुन कुन ब्रान्डका जुत्ता, कपडा, गगल्स लगाउँछन् वा कुन घडी लगाउँछन्, कुन गाडीमा हुइँकिन्छन् भन्ने विषयलाई निकै चासोका साथ हेरिएको हुन्छ । त्यसैले पनि कलाकारहरू आफ्नो क्षेत्रमा अलिक जमेपछि, आर्थिक अवस्था सुधारिएसँगै ब्रान्डप्रतिको मोह पनि देखाउने गरेका छन् ।
‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनोट
चलचित्र ‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल–२०२३’ मा छनोट भएको छ । नवीन सुब्बा निर्देशित चलचित्र ‘सेन्टर पिस’ सेक्सन अन्तर्गत छानिएको हो । ७ देखि १७ सेप्टेम्बरसम्म चल्ने फेस्टिभलमा निर्देशक सुब्बा आफैँ सहभागी हुनुहुँदै छ ।
तीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती
कृषि प्रधान देशमा पछिल्लो समय कृषिप्रतिको बढ्दो अनिच्छाका कारण बर्सेनि परनिर्भरतामा जकडिनुपरेको वास्तविकतालाई गीतकार चन्द्रावती वाग्लेले तीज गीतमार्फत प्रस्तुत गर्नुभएको छ ।
चलचित्रमा समलिङ्गीका कथा
चलचित्र निर्माण एक रचनात्मक विधा हो । रचना राम्रो भयो भने सामान्य विषयवस्तुमा बनेका चलचित्र पनि उत्कृष्ट ठहरिएका छन्, जसका लागि गहिरो अध्ययन, साधना र अनुभव अनिवार्य ठानिन्छ । मौलिकता, सामाजिक परिवेश, पात्र, संवाद र दर्शकको मनोविज्ञानलाई बुझेर निर्माण गरिएका चलचित्र सफल ठहरिएका छन् । समाजको वास्तविकतालाई टपक्कै
विवाहित सुन्दरी प्रतियोगिताका लागि आवेदन खुला
विवाहित नारीको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड’ यस वर्ष पनि हुने भएको छ। रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी दिनुभयो। मिसेस नेपाल वल्र्डसँगै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने उहाँले बताउनुभयो।
टोकियोमा नेपथ्य
लोक रक ब्यान्ड नेपथ्यले जापानको तोयोसु पिट हलमा प्रस्तुति दिएको छ । जापानको राजधानीमा तीन हजारभन्दा बढी दर्शकमाझ नेपथ्यले प्रस्तुति दिएको जनाएको छ । प्रस्तुतिमा ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ जस्ता चर्चित गीत प्रस्तुत गरिएको थियो । अमृत गुरुङले गीत गाइरहँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनको तस्बिर देखाइएको थियो ।
यश कुमारको ‘सुस्तरी सुस्तरी’
गायक यश कुमारको ‘सुस्तरी सुस्तरी’ बोलको गीत सार्वजनिक भएको छ । यश कुमारको अफिसियल युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गायनमा उहाँलाई अनु चौधरीले साथ दिनुभएको छ । यश कुमारको सङ्गीत रहेको गीतमा एसके बच्चाले सङ्गीत संयोजन गर्नुभएको छ । गीतमा सडकमा मकै बेचेर गुजारा गरिरहेकी युवती र नगर प्रहरीबिचको प्रेमसम्बन्धलाई प्रस्तुत गरिएको छ ।
धिमे बाजा सिक्दै गुरुजु पल्टन
लामो इतिहास बोकेको नेपाली सेनाले संस्कृति संरक्षणमा पनि इतिहासकालदेखि नै विभिन्न माध्यमबाट योगदान पुर्याउँदै आइरहेको छ ।
चलचित्रको सेल्युलाइड युग
नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमासमेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ ।
जोगिन्दरको ‘लुछाचुँडी’
हरेक वर्ष निरन्तर रूपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहनुभएका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१ औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गर्नुभएको छ । दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिने उद्देश्यले उहाँले ‘लुछाचुँडी’ सार्वजनिक गर्नुभएको बताउनुभयो ।
नारीवादको कथा ‘बार्बी’
‘बार्बी’ डलमा यसअघि पनि चलचित्र नबनेको होइन तर तीमध्ये अधिकांश एनिमेसन थिए । ‘बार्बी’ को संसारमा आधारित पहिलो पटक चलचित्र बनेको छ । चलचित्रलाई ग्रेटा गेर्बिगले निर्देशन गर्नुभएको छ । चलचित्रमा मार्गो रोबी र रायन गोस्लिङ मुख्य भूमिकामा छन् । केनको भूमिकामा रायन हुनुहुन्छ भने मार्गो चलचित्रको सहनिर्माता पनि रहनुभएको छ ।
राईको स्वरमा ‘जानु ए जानु’
गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद पछाईको सङ्गीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मीन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।
‘जेलर’ हेर्न कर्मचारीलाई बिदा
आगामी शक्रबार प्रदर्शन हुन लागेको साउथ सुपर स्टार रजनीकान्त अभिनित चलचित्र जेलरको प्रदर्शनका दिन उहाँको गृहनगर चेन्नईका साथै बैङ्ग्लोरलगायत सहरका कार्यालयका कर्मचारीलाई बिदा दिने घोषणा गरिएको छ । यसका साथै कार्यालय व्यवस्थापनले चलचित्रको पाइरेसीलाई रोक्न कर्मचारीलाई निःशुल्क टिकटसमेत उपलब्ध गराउने भएको छ ।
‘८० सालको गाईजात्रा’ भदौ १३ देखि
यस वर्षको गाईजात्रा प्रहसन भदौ १३ देखि आयोजना हुने भएको छ । ‘८० सालको गाईजात्रा’ नाम दिइएको कार्यक्रम पाँच दिनसम्म प्रज्ञा भवनमा चल्ने छ । कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने, राधिका कँडेल, प्रभात लामा, रुविना अधिकारी, चक्र दवाडीलगायतका कलाकारले दर्शकलाई हँसाउनुहुने छ । ब्रान्डवर्थ प्रालिले यसपालिको गाईजात्रा कार्यक्रम आयोजना गर्न लागेको हो ।
फिल्म 'जय हो'को ट्रेलर सार्वजनिक
फिल्म 'जय हो'को ट्रेलर सार्वजनिक गरिएको छ ।
भदौमा ‘जुलेबी’
चलचित्र ‘जुलेबी’ को ट्रेलर सार्वजनिक भएको छ । यौन मनोविज्ञानलाई केन्द्रमा राखिएको ट्रेलर सात जना पात्रको सम्बन्धको वरिपरि घुमेको छ । लेखक तथा निर्देशक गणेशदेव पाण्डे हुन् । पाण्डेले आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथामा ‘जुलेबी’ बनाएको बताउनुभयो । महिलाले भोग्ने सम्बन्धको कथा नै चलचित्रले बोल्ने निर्माता आभा शर्मा नेपाल बताउनुहुन्छ ।
डब्बुको ‘जिस्केर मस्केर’
गीतकार डब्बु क्षेत्रीको रचनामा नयाँ लोकगीत ‘जिस्केर मस्केर’ को भिडियो सार्वजनिक भएको छ । पूर्वी नेपालतिर प्रचलित लोकभाकालाई सङ्कलन गरेर गीत तयार पारिएको गीतकार डब्बु क्षेत्रीले बताउनुभयो । जिस्केर मस्केरको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट यतिबेला रिलिज गरिएको छ ।
दर्शनार्थीभन्दा टिकटक बनाउनेको भीड
साउनको सोमबार देशभरका शिव मन्दिरमा पूजाअर्चना गर्ने श्रद्धालुको भिड लागेको छ । हरियो र पहेँलो पहिरनमा सजिएर महिलाहरू सबेरै शिव मन्दिर पुग्छन् । पूजाअर्चनाका लागि सोह्र शृङ्गारमा सजिएर मन्दिर पुगेका महिलाहरू फोटो खिच्न र टिकटक बनाउनमा नै मस्त । टिकटक बनाउनकै लागि सजिसजाउ भएर मन्दिर पुग्ने र विभिन्न गीतमा कम्मर मर्काउँदै टिकटक बनाउनेले मन्दिर परिसरमा अनावश्यक भिड पनि गराएको छ । यतिबेला विशेष गरी नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पुज्ने महिना हो । सोमबार पशुपतिनाथ, गोकर्णेश्वर मन्दिर र कोटेश्वरको महादेवस्थानमा दर्शन गर्न आउनेभन्दा बढी टिकटक बनाउनेहरूकै जमात देखिन्थ्यो ।
बालविवाहविरुद्ध देउडा गीत
बालविवाहविरुद्ध विद्यालयका छात्राहरू गाउँ गाउँमा देउडा गीतमार्फत जनचेतना फैलाउन थालेका छन् । जिल्लाका अधिकांश गाउँमा बालविवाह न्यूनीकरण हुनुपर्नेमा वृद्धि हुन थालेपछि विद्यालयका छात्रा यसरी जुटेका हुन् । सिमकोट गाउँपालिका–८ को सैपाल माध्यमिक विद्यालयकी छात्रा जानकी बुढाले बर्सेनि बालविवाह बढिरहेकाले विद्यालयमा छात्रा मिलेर देउडा गीतमार्फत जनचेतना फैलाउन सुरु गरेको बताउनुभयो । यसअघि उहाँसहित विद्यालयका बिस जना छात्राले बालविवाहविरुद्धको तालिम लिनुभएको थियो । उहाँले गाउँ गाउँमा बालविवाह हुने तर उजुरीसमेत नपर्ने भएकै कारण यो सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ ।