एकै थलोमा अग्रज र अनुज कलाकार
पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिनुभयो । उहाँसँगै अन्य कलाकार पनि त्यहीँ हुनुहुन्थ्यो ।
कार्डबाट कामना, छैन कुनै भावना
कक्षा ८ मा पढ्दा सङ्गिनी निशा राईले दिएको बलिउड अभिनेता सलमान खान अङ्कित कार्डको याद अझै ताजै छ । नयाँ बानेश्वरका राम शर्मालाई। त्यति बेलाको कार्ड हातमा राख्दै उहाँ भन्नुहुन्छ, “अहिले कार्डबाट कामना पठाउने फुर्सद कसलाई पो छ र ?” उहाँ विगत सम्झँदै भन्नुहुन्छ, “आजभन्दा दुई/तीन दशक अघिसम्म स्कुल कलेजका विद्यार्थीमा नयाँ वर्ष, दशैँ, तिहार वा मिल्ने साथीका जन्मदिनमा आफ्ना भावनाहरू विभिन्न किसिमका कार्डमा लेखेर दिनु निकै रोमाञ्चित पार्ने विषय हुने गथ्र्यो। यसले दिने र पाउने दुवैबिचको मित्रता र सम्बन्धलाई प्रगाढ बनाउँथ्यो। कतिपयको प्रेमको प्रस्थान बिन्दु बन्ने गथ्र्यो पोस्ट कार्ड साटासाट गर्नु। त्यति बेला विशेष गरी भारतीय सिने कलाकारका कार्ड बजारमा निकै पाइन्थ्यो।”
बास्कोटाको ‘यो तीजमा नजाने माइती’
सङ्गीतकार शम्भुजित बास्कोटाको रचना तथा सङ्गीत र गायिका मञ्जु थापाको स्वरमा रहेको तीज गीत ‘यो तीजमा नजाने माइती’ काठमाडौँमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ। नायिकाहरू शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढुङ्गाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, राकेश खड्कालगायतको अभिनय रहेको छ। गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन र कोरियोग्राफी गर्नुभएको छ।
‘हामी तीन भाइ’ को छायाङ्कन सुरु
मधुसूदन भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र ‘हामी तीन भाइ’ को छायाङ्कन सुरु भएको छ। चलचित्रको मकवानपुरको चित्लाङबाट छायाङ्कन सुरु गरिएको हो। साजित महत प्रस्तुतकर्ता रहनुभएको चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हबलदार) लगायतको अभिनय रहने छ।
प्रेसु मिस टिन इन्डियाको ग्रान्ड फिनालेमा
बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लब मिस्टर एन्ड मिस टिन इन्डियाको ग्रान्ड फिनालेका लागि छनोट हुनुभएको छ। नेपालगन्ज निवासी १७ वर्षीय प्रेसुसिंह थारूले भारतको कानपुरमा पहिलो अडिसन र नयाँ दिल्लीमा भएको सेमिफाइनल चरण पार गर्दै ग्रान्ड फिनालेमा स्थान बनाउन सफल हुनुभएको उहाँकी आमा यामु बुढाक्षेत्रीले बताउनुभयो। ग्रान्ड फिनाले आगामी भदौ २ गते नयाँ दिल्लीमा आयोजना हुने छ। त्यसअघि करिब एक साताको बन्द प्रशिक्षण सञ्चालन हुने छ।
श्रेष्ठको ‘वैशाखे घाम’
गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठको ‘वैशाखे घाम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गीतकार लाल कार्की अन्जानको शब्द रहेको छ। नागेन्द्रकै गायन तथा सङ्गीत रहेको गीतको एरेन्ज विक्कल खड्काले गर्नुभएको हो। करण चैसिरको छायाङ्कन र मनोज कार्कीको सम्पादन रहेको गीत सङ्गीतकार नागेन्द्र श्रेष्ठकै अफिसियल च्यानलबाट सार्वजनिक भएको हो।
रकी र रानीको प्रेमकथा
करण जोहर त्यस्तो निर्देशक हुनुहुन्छ जसको चलचित्रमा भव्य सेट, मनोरञ्जनात्मक गीत र चर्चित कलाकार कहिल्यै छुट्दैनन्। उहाँको यो पुरानै शैली चलचित्र ‘रकी और रानीकी प्रेमकहानी’ मा पनि देखिन्छ। जोहर छ वर्षपछि चलचित्रबाट निर्देशकका रूपमा फर्किनुभएको छ। धर्मा प्रोडक्सन र वायाकम ग्याडको ब्यानरमा निर्माण भएको चलचित्र चौतर्फी मनोरञ्जन, एक्सन सँगसँगै पारिवारिक सम्बन्धमा आउने उतारचढावको प्रेमकथा जोडिएको छ। रणवीर सिंह र आलिया भट्टले यसअघि चलचित्र ‘गल्ली ब्वाय’ मा सँगै काम गरिसक्नुभएको छ। जसको राम्रो चर्चा भएको थियो। अहिले यो जोडीको दोस्रो प्रेमिल पारिवारिक चलचित्र हो।
फिल्म 'जुलेबी'को ट्रेलर सार्वजनिक
भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जुलेबी’को ट्रेलर सार्वजनिक भएको छ ।
भदौ ८ मा ‘ड्रिम गर्ल–२’
बलिउड चलचित्र ‘ड्रिम गर्ल–२’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता आयुष्मान खुराना मुख्य भूमिकामा रहेको चलचित्रमा आयुष्मान डान्सर पूजाको भूमिकामा देखिनुभएको छ । चलचित्रको निर्देशक राज शाण्डिल्य हुनुहुन्छ । चलचित्रको निर्मात्री एकता कपुर र शोभा कपुर हुनुहुन्छ भने एकताले चलचित्र ट्रेलर सामाजिक सञ्जालमा सेयर गर्नुभएको हो । ट्रेलर सेयर गर्दै उहाँले लेख्नुभएको छ,
‘सानु तिमी ब्युटिफुल छौ’ सार्वजनिक
टेलिचलचित्र ‘कर्कले मामाको चौतारी’ को गीत ‘सानु तिमी ब्युटिफुल छौ’ सार्वजनिक भएको छ । दिलीप श्रेष्ठको स्वर रहेको गीतमा अराज केशवको लेखन र सङ्गीत रहेको छ । गीतको भिडियोमा मुख्य कलाकारहरू राज थापा, अविराज बिसी, ममता अधिकारी र सरु शर्मा ‘दिया’ लाई प्रस्तुत गरिएको छ । नेत्र गुरुङको सम्पादन र निर्देशन रहेको भिडियोलाई रोहन आशिभले कोरियोग्राफी गर्नुभएको हो । वासुदेव पोखरेलको निर्देशन रहेको गीतमा उहाँको अभिनयसमेत रहेको छ । टेलिचलचित्र निर्देशक घनश्याम लामिछाने र निर्माता मणिरत्न शर्माले मिलेर निर्माण गर्नुभएको हो ।
‘अगस्त्य–भाग १’ को अन्तर्राष्ट्रिय प्रदर्शन बिक्री
डार्क हर्स इन्टरटेनमेन्ट प्रालिद्वारा निर्माणाधीन चलचित्र ‘अगस्त्य–भाग १’ को अन्तर्राष्ट्रिय प्रदर्शन बिक्री भएको छ । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज प्रालिबिच चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनलाई लिएर सम्झौता भएको हो । सेभेन सिजले संयुक्त राज्य अमेरिका र बेलायतमा करिब आठ सयदेखि एक हजार सो, क्यानडामा १५० सो, युरोपका बाँकी देशहरू, जापान, कोरिया, हङकङ र थाइल्यान्डमा गरी १५० सो, अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न सहरमा करिब पाँच सय सो र मध्यपूर्वका विभिन्न देशका हलमा ७५० सो प्रदर्शन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हरिवंशको ‘ए केटा मादलु पड्का’
हास्य कलाकार हरिवंश आचार्यले आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याउनुभएको छ । गीतमा उहाँलाई गायिका शान्तिश्री परियारले साथ दिनुभएको छ । आचार्यले भन्नुभयो, “अहिले नै नयाँ गीत ल्याउँला भन्ने थिएन । दुई महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरू गीत गाउँदै उफ्री उफ्री नाचिरहेको देखेँ । त्यही बेला अचानक मेरो दिमागमा एउटा लय फु-यो । हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो ‘ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का ।’ तै पनि पछि रेकर्ड गरौँला भनेर बसेको थिएँ ।
‘कक्रोज’ सवारीको सद्भावना दूत
नेपाली युवा मिलेर बनाएको राइडिङ सेयर एप सवारीको सद्भावना दूतका रूपमा हरिश निरौला ‘कक्रोज’ नियुक्त हुनुभएको छ । काठमाडौँमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कक्रोजलाई सद्भावना दूत घोषणा गरेको हो । कार्यक्रममा कक्रोजले बजारमा विभिन्न राइडिङ सेयर एप भएता पनि ती विदेशी लगानी र उत्पादन भएको भन्दै त्यसबाट नेपाली रकम बाहिर गएको जिकिर गर्नुभयो । सवारी नेपाली युवाले निर्माण गरेको हुँदा सबैले यसलाई प्रयोग गर्न अनुरोध पनि गर्नुभयो । आफू सवारीको प्रचार प्रसारका लागि सदैव जिम्मेवार रहने बताउँदै कक्रोजले सवारी एपले आफ्ना दर्शक तथा सेवाग्राहीलाई पूर्ण सन्तुष्टि दिनेमा विश्वास व्यक्त गर्नुभयो ।
‘कार्साङ’ मा पन्त अनुबन्धित
यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’ मा अभिनेतृ सुरक्षा पन्त अनुबन्धित हुनुभएको छ । यार्सा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसक्नुभएको छ । यस्तै नवनायिकाका रूपमा छिरिङ शेर्पा अनुबन्धित हुनुहुन्छ ।
‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरिज ‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक भएको छ । साइकोलोजिकल थ्रिलर सिरिजको पहिलो सिजन–४ एपिसोडको हुने छ र प्रत्येक एपिसोड ४५ मिनेटको हुने छ । यसलाई नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा तयार गरिएको छ ।
‘सङ्गीतले अचुक औषधी जस्तो काम गर्छ’
गायक युवराज चौलागाईंको साङ्गीतिक यात्रा २०५९ देखि सुरु भएको हो । इलाहाबादबाट साङ्गीतिक शिक्षा लिएका उहाँले अनुराग कला केन्द्रबाट गुरुवर श्यामसुन्दर आचार्य र राम सिटौलाबाट सङ्गीत प्रशिक्षण लिनुभयो । उहाँको पहिलो गीत ‘मेरो मायालाई तिमीले बुझ्न सकिनौ’ हो । दर्जनभन्दा बढी गीतमा आफ्नो आवाज भरिसक्नुभएका गायक चौलागाईंसँग गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
‘ङिङ्जे’ को ट्रेलर सार्वजनिक
तामाङ चलचित्र ‘ङिङ्जे’ को ट्रेलर र ‘भर आरे जिन्दगीला’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्माण भएको उक्त चलचित्र असोज १ गते प्रदर्शन गरिने जानकारीसहित ट्रेलर र चलचित्रमा समावेश गरिएको शीर्ष गीत सार्वजनिक गरिएको हो । चलचित्रमा घरका अभिभावकले अपनाउने संस्कार, व्यवहारलगायतले परिवारका सदस्यमा पार्ने प्रभावबारे बुझाउने प्रयास र समग्र समुदायको राम्रो भविष्यका लागि हरेक घरका अभिभावकले सतर्कतापूर्वक राम्रो आचरणको अभ्यास गर्नुपर्ने सन्देश दिएको छ ।
‘छाडी जान्या सुवा’ को भिडियो तयार
‘छाडी जान्या सुवा’ गीतको म्युजिक भिडियो तयार भएको छ । म्युजिक भिडियोमा हुम्लाका स्थानीयले अभिनय गरेका छन् । उनीहरूले यहाँका अविवाहित युवतीले लगाउने दौडा लगाएर अभिनय गरेका हुन् । भिडियोमा अभिनय गर्नुभएका नरजन तामाङले युवकयुवतीले देउडा गाउँदै वनपाखामा माया प्रीति लाउने, पछि त्यो माया प्रीति विवाहमा परिणत हुने विषय भिडियोमा समेटिएको बताउनुभयो ।
‘चुपचाप मन पराएँ’ लोकार्पण
गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतहरूको पहिलो गीतिसङ्ग्रह ‘चुपचाप मन पराएँ’ लोकार्पण गरिएको छ । गीतकार सङ्घ नेपालले जमलस्थित राष्ट्रिय नाचघरमा सुगम सङ्गीतमा आधारित सात वटा गीत सङ्ग्रहित गीतिसङ्ग्रह लोकार्पण गरिएको हो ।
‘कालो सुन’ बनाउन अमेरिकी कम्पनीको सहकार्य
कलाकार प्रभु श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘कालो सुन’ मा अमेरिकाको निर्माण कम्पनी राइज फिल्म्स युएसए कर्पोरेसनलले सहकार्य गर्ने भएको छ । निर्माण कम्पनी प्रभुलक्ष्मी इन्टरटेनमेन्ट एन्ड क्रिएटिभ कम्पनी र उक्त कम्पनीबिच चलचित्र निर्माणमा सहकार्य गर्ने सम्झौता भएको हो ।
शुक्रबारदेखि ‘अदृश्य’
पीताम्वर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘अदृश्य’ आगामी शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा निर्माता तथा निर्देशक प्रह्लाद काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवि गिरी, रिस्ता बस्नेत, प्रवीण खतिवडा र प्रिन्स प्रसिड सिंह थापाको उपस्थिति थियो ।
जापानका तीन सहरमा नेपथ्य
शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न लोकरक ब्यान्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ । यसपालि राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली अगस्त महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
‘कलियुगकी राधा’ सार्वजनिक
सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुगकी राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत र एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै प्रस्तुत गरिएको छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उहाँका केही गीत करोडौँ क्लबमा समेत पर्न सफल भएका छन् ।
चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स बिक्री
चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स महँगो रकममा बिक्री भएको छ। यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो। चलचित्रको निर्माण पक्ष र सेभेन सिज कम्पनीबिच आधिकारिक सम्झौता भइसकेको छ। ‘कार्साङ’ का तर्फबाट यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्याट्रिक (प्रतीक) सुवेदी र रमेश ढकालले सम्झौता गर्नुभएको हो। चलचित्रको ओभरसिज राइट्स छायाङ्कन अगावै बिक्री भएको छ।