‘मैँ राजा तिमी रानी’मा हिमाल सागर र मिस पवी
लोकप्रिय गायक हिमाल सागरको ‘मैँ राजा तिमी रानी’ बोलको गीतको भिडियो रिलिज भएको छ।
‘छड्के २’को ट्रेलर सार्वजनिक
फागुन १९ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छड्के २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अनमोल केसीलाई समूहको नाइकेका रूपमा प्रस्तुत गरिएको छ । हिमाली जिल्ला मनाङको कथामा बनेको यो चलचित्रमा उहाँ ‘ग्याङस्टार’ बन्नुभएको छ । अनमोल चलचित्रभित्रका तीनवटा ग्याङमध्ये एउटा ग्याङको नाइके हुनुहुन्छ ।
नङ सजाउने कला
सुन्दर नङले मानिसको सौन्दर्य वृद्धिका लागि ठूलो भूमिका खेलेको हुन्छ । हिजोआज नङकै सौन्दर्यलाई ध्यानमा राखेर विभिन्न उपाय अपनाउन थालिएको छ । त्यसकै उपज हो– नेल आर्ट । नेल आर्ट अर्थात् हातगोडाका नङ सजाउने कलाले नारीको सौन्दर्यलाई आकर्षक बनाउँछ । पछिल्ला वर्षमा नेल आर्ट गर्ने चलन नेपालमा निकै लोकप्रिय भइरहेको छ ।
निफको सल्लाहकारमा अभिनेत्री श्रेष्ठ मनोनीत
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनीत हुनुभएको छ । निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै सल्लाहकारमा श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ । चैत २ देखि ६ सम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ । निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक नीर शाह हुनुहुन्छ । सदस्यमा अभिनेता सुनील थापा, निर्देशक छिरिङरितार शेर्पा र भारतीय लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार हुनुहुन्छ ।
मानव बेचबिखनको कथा ‘तलास २’
फाल्गुनन्द लिङ्देन फिल्म्स् र यल्लिवुड फिल्म्स्को संयुक्त लगानीमा चलचित्र ‘तलास २’ निर्माण हुने भएको छ । हत्या, अपहरण मानव बेचबिखनको चपेटामा नेपाली महिलाले भोग्नु परेको पीडालाई चलचित्रको प्रमुख विषय बनाइएको छ ।
‘पन्छीहरू’ सार्वजनिक
नेपाली पङ्क रक ब्यान्ड ‘झिल्के एन्ड दी कम्पनी’ले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । तीन वर्षदेखि नेपाली रक सङ्गीत क्षेत्रमा सक्रिय ‘झिल्के एन्ड दी कम्पनी’को भिडियोमा प्रनब केसीको निर्देशन र पीभीई नेटवर्कको प्रवद्र्धन छ । गीतमा स्टिभ देवानको स्वर छ । ब्यान्डमा ड्रम्समा दिप्सन केसी र बेस गितारमा विशाल हाङ राई पनि छन् ।
प्रकाश र मेलिनाको कौडा भाका 'जुन माया' सार्वजनिक
लोकगायक एवम् सर्जक प्रकाश दूतराजले नयाँ गीत सार्वजनिक गर्नुभएको छ । कौडा भाकाको यो युगल गीतमा प्रकाश र गायिका मेलिना राईको स्वर छ ।
फिल्म 'तलास २' बन्ने
फाल्गुनन्द लिङदेन फिल्म्स् र यल्लीवूड फिल्म्स्काे संयुक्त लगानीमा नेपाली फिल्म ‘तलास २’ को निर्माण हुने भएको छ ।
शेर्पा समुदायमा ग्याल्पो ल्होसारको चटारो
शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मङ्गलबार विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । प्रत्येक वर्ष शेर्पा समुदायले फाल्गुण शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउने गर्छन् । यो वर्ष क्ष्यु मो ह्ये लो (खरायो वर्ष) २१५० मनाइएको हो ।
चैतालो महोत्सव हुने
हुम्लावासीको महत्त्वपूर्ण पर्व चैतालोका अवसरमा महोत्सव हुने भएको छ । देउडालगायत स्थानीय परम्परागत संस्कृति जगेर्ना गर्न महोत्सव गर्न लागिएको हो । महोत्सव आ
लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन धादिङमा
लोक एवं दोहोरी कलाकारहरूको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन फागुन १२ देखि १४ सम्म धादिङको धादिङबेँसीमा हुने भएको छ ।
इन्दिरा जोशीको ‘ॐ नमः शिवाय’ सार्वजनिक
गायिका इन्दिरा जोशीको ॐ नमः शिवाय बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
फिल्म 'नांगो गाउँ'मा कर्म र साम्राज्ञी
दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘नांगो गाउँ’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कर्मको प्रवेश भएको छ ।
'पन्छीहरू'को म्युजिक भिडियो सार्वजनिक
नेपाली पंक रक ब्याण्ड झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
चलचित्रमा मौलिक कथावस्तुको अभाव : महानायक हमाल
महानायक राजेश हमालले नेपाली चलचित्रमा मौलिकतालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली चलचित्रमा मौलिक कथावस्तुको अभाव देखिएको भन्दै मौलिकतासहित प्रविधिको विकासमा ध्यान दिन सके विश्व बजारमै स्थान पाउने सक्ने चलचित्र नेपालमै बन्न सक्ने बताउनुभएको हो।
कमजोर कथा चलचित्र शेहजादा
‘शेहजादा’ अल्लु अर्जुन अभिनीत तेलुगु चलचित्र ‘अला वैकुन्थापुरमुलु’को हिन्दी रिमेक हो । त्रिविक्रम श्रीनिवासको कथालाई रोहित धवनले रूपान्तरण गरेका हुन् । रणदीप (रोनित रोय) र वाल्मीकि (परेश रावल) दुई मिल्ने साथी हुन् । दुवै व्यापारी आदित्य जिन्दल (सचिन खेडेकर)को कम्पनीमा काम गर्छन् ।
अस्ट्रेलियामा नेपथ्यको अन्तिम प्रस्तुति
एन्टार्टिका महादेशबाट नजिकै पर्ने अस्ट्रेलियाली टापु तासमानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतिसँगै यो वर्षको नेपथ्य अस्ट्रेलिया शृङ्खलाबद्ध यात्राको समापन भएको छ ।
‘छुकछुक छुकछुक’ सार्वजनिक
युवा सशक्तीकरणमा आधारित ‘छुकछुक छुकछुक’ बोलको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।
नयाँ वर्षमा ‘बिहे पास’
चलचित्र ‘बिहे पास’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा कलाकार दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर बाङ्देल, रवीन्द्र झा र रुषा न्यौपानेलाई देख्न पाइन्छ ।
फिल्म 'ए साथी सुन'को शीर्ष गीत
वर्षा सिवाकोटी र रमेश बानियाँ अभिनीत फिल्म ‘ए साथी सुन’को शीर्ष गीत सार्वजनिक भएको छ । रोमान्स र थ्रिलर विषयवस्तुमा बनेको यो फिल्म चैत १० गतेबाट प्रदर्शन हुने तयारीमा छ ।
दाफा भजनप्रति रुचि घट्दै
नेवारी संस्कृतिको मात्रै नभएर नेपाली सङ्गीतकै एक महत्त्वपूर्ण र मौलिक विधा हो, दाफा सङ्गीत । दाफा सङ्गीतमा शास्त्रीय सङ्गीतको उच्चतम सम्मिश्रण पाउन सकिन्छ ।
लोक दोहोरीमा अलिफको संघर्ष
उहाँले आजसम्म करिब एक सय १५ वटा गीत तथा हजारौं लाइभ दोहोरीमा स्वर दिइसक्नुभएको छ। सुरुवातमा दिनमा १२ वटासमेत लोक दोहोरी गाउने गरेको अनुभव अलिफ सुनाउनुहुन्छ।
"नेपाली समाज रूपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय भूमिका"
"प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरीति, विकृति र विभेदहरूलाई उदाङ्गो पारेर अग्रगामी र सभ्यसमाज निर्माणका लागि चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्छ", उहाँले भन्नुभयो, "भाषा, संस्कार, संस्कृति, गीत, सङ्गीत, कला, साहित्यको संरक्षण र विकास चलचित्र क्षेत्रको योगदान अतुलनीय छ ।"
युट्युब ट्रेन्डिङ १ मा 'छक्का पञ्जा ४' को ट्रेलर
यो वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पर्न सफल भएको छ ।