काठमाडौं, असार २२ गते । अभिनेता सारुक ताम्राकारको निधन भएको छ । ताम्राकार रातोपुलस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
३१ वर्षीय सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । 'रानी' बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गर्नुभएका ताम्राकारलाई 'इन्टु मिन्टु लण्डनमा', 'मेरी मामु' लगायतका फिल्ममा देख्न सकिन्छ ।
उहाँको भूमिका रहेको फिल्म 'ह्यासट्याग माया' को भने आधा मात्रै छायाङ्कन भएको छ ।
यस्तै, सारुकको शव बिहीबार राति पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो ।