• १३ साउन २०८१, आइतबार

मिस नेवाः प्रतियोगिता सुरु

blog

काठमाडौँ, असार २३ गते । यस वर्षको मिस नेवाः नेपाल लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र सुख समृद्धिको कामना गर्दै सुरु भएको छ। नेप्लिज फेसन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको नेवार समुदायका युवतीबिचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यसमा सहभागी प्रतियोगी सुन्दरीले राजधानीको इन्द्रचोकस्थित आकाशभैरवमा लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र सुख समृद्धिको कामना गरेका हुन्। 

१७ औँ संस्करणको यस वर्षको मिस नेवाःमा विभिन्न जिल्लाबाट १७ नेवार युवतीले सहभागिता जनाएका छन्। आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशकभन्दा अघिदेखि प्रतियोगिता आयोजना गरिँदै आएको बताउनुभयो। नेवार भाषा, कला, संस्कृति र संस्कारको जगेर्ना तथा नेवार भाषा, कला, संस्कृति, व्यक्तित्व र नेतृत्व विकास, पाक कलाबारे ज्ञान दिलाउन प्रतियोगितालाई निरन्तरता दिँदै आएको उहाँको भनाइ छ। प्रतियोगिताका सहभागीलाई विभिन्न सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने पनि उनले जानकारी दिनुभयो। प्रतियोगिताको विजेताले चम्किलो ताजका साथ पुरस्कारका स्वरूप एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छिन्।