• ९ मंसिर २०८१, आइतबार

महायज्ञमा ‘परदेशी–२’ का कलाकार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २२ गते । दसैँको अवसर पारेर प्रदर्शनमा आउने चलचित्र ‘परदेशी–२’ यतिबेला प्रचारप्रसारमा जोडतोडले लागिपरेको छ । चलचित्रका निर्देशक एवं कलाकारहरू प्रचारप्रसारकै क्रममा भक्तजनमाझ प्रस्तुत हुनुभएको छ । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर चलचित्रका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले चलचित्रको प्रचारप्रसार गर्नुभएको हो ।

चलचित्रमा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलियालगायतको अभिनय छ । रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि बिदेसिने युवा र सन्तान बिदेसिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ ।