‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस
सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’लाई अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औँ संस्करणका लागि सिफारिस गर्ने निर्णय गरिएको छ। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले यस्तो निर्णय गरेको हो। समितिको सोमबार बसेको बैठकले समितिमा प्राप्त चलचित्रमध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको हो।
'प्रेमगीत–३’ बारे कलाकार पक्ष विपक्षमा
सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र प्रेमगीत–३ लाई लिएर विवाद चर्किदैगएको छ । चलचित्र प्रेमगीत ३ को बारेमा चलचित्रकर्मी, कलाकारलगायत चलचित्र विकास बोर्डसमेत बहसमा तानिएको छ ।
टिकटकमा बढ्न थाल्यो पाइरेसी
भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसङ्गीतलाई प्रचारप्रसार हुने भएर सर्जक पनि जोडिएको पाइन्छ। प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा आजभोलि चलचित्रका दृश्यहरू देख्न पाइन्छ।
'अनलाइन ट्यालेन्ट साे' आयोजना हुने
काठमाडौं, असोज ४ गते । अनलाइन ट्यालेन्ट प्रतियोगिताको दोस्रो संस्करण 'अनलाइन ट्यालेन्ट शो' २०२३ घोषणा भएको छ । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । 'हिमालयन म्युजिक एकेडेमी' अमेरिकाका अध्यक्ष पुष्प गजमेरका अनुसार आफूहरु विदेशमा भए पनि नेपाली भाषा, सङ्गीत, साहित्य र नेपालप्रति समर्पित रहेर साे आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार यस कार्यक्रमले विश्वभर छरिएर रहेका नेपालीलाई आफ्नो भाषा, साहित्य, सङ्गीत तथा कलाको माध्यमबाट एकीकृत हुन सघाउनेछ । कार्यक्रममा सहभागीहरुलाई मेन्टरद्वारा प्रशिक्षण गराई उत्कृष्ट पाँचका लागि अमेरिकामा नै लैजानले आयोजकको तयारी रहेको छ । अन्तिम प्रतिस्पर्धीले अमेरिकामा हुने कार्यक्रममा प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाका लागि छात्रवृत्ति र अन्य गिफ्ट ह्याम्पर पुरस्कारस्वरुप पाउनेछन् ।
प्रतिभा राउन्ड सम्पन्न
किड क्विन नेपालका २५ अन्तिम प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। नेप्लिज फेसन होमले आयोजना गरेको १८औँ संस्करणको प्रतियोगितामा नौदेखि १४ वर्षसम्मका बालिकाले ट्यालेन्ट राउन्ड (ट्यालेन्ट उपउपाधि)का लागि आफूमा भएको प्रतिभा प्रस्तुत गरेका हो। उक्त कार्यक्रममा बालिकाहरूले अभिनय, नृत्य, चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता प्रतिभा प्रदर्शन गरी निर्णायक तथा अभिभावकलाई प्रभावित पारेका थियो। आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरको बालिकाहरूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन, आत्मसुरक्षा कला र आत्मविश्वास वृद्धिका लागि यो प्रतियोगितामा १७ वर्षदेखि आयोजना गरिँदै आएको जानकारी दिनुभयो।
विभिन्न मानपदवी, अलङ्कार र पदक पाउने कलाकारहरु
काठमाडौं, असोज ३ गते । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार, चलचित्रकर्मी, गीतकार तथा संगीतकारहरुलाई विभिन्न विधाका विभूषण प्रदान गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्ने व्यक्तिको नामावली सार्वजानिक गरिएको हो। विभूषित हुने व्यक्तित्वहरुमा -सुर्कीर्तिमय राष्ट्रदीपनीर शाह – वरिष्ठ कलाकारराजेश हमाल – कलाकारमदन कृष्ण श्रेष्ठ – कलाकारहरिवंश आचार्य – कलाकारनन्द कृष्ण जोशी – गायकसुप्रबल जनसेवा श्री शम्भु राई (कुथुमी) गायक र सङ्गीतकारप्रदीप लाल श्रेष्ठ - चलचित्र निर्देशकअशोक शर्मा - अभिनेता र निर्देशकदीपक राज गिरी – अभिनेता र निर्देशकअर्जुन श्रेष्ठ – अभिनेताज्ञानु राणा – गायिकाआलोक श्री (सूर्य कुमार खाती) - संङ्गीतकारदीपक जंगम संङ्गीतकारआनन्द कार्की - गायककीर्तिमय राष्ट्रदीपकृष्ण कुमार मल्ल – अभिनेता र निर्देशकमिथिला शर्मा - कलाकारप्रबल जनसेवा श्रीमिलन मोक्तान - संङ्गीतकारडा धर्मराज उपाध्याय – गीतकारसिताराम पोखरेल – गाउकजीत बहादुर देउवा – नाट्यकर्मी निर्मल शर्मा - अभिनेता र निर्देशकनिरुता सिंह – कलाकारभोजराज भट्ट – चलचित्र अभिनेतादयाहाङ राई - कलाकार चेतनाथ सापकोटा - संगीतकारजनसेवा श्री बद्री पाण्डे – गीतकारप्रदिप खड्का – कलाकारकमल सुनार - गायक / संङ्गीतकारसन्तोष श्रेष्ठ - संङ्गीतकारमाधव राज खरेल – चलचित्र निर्देशकदिपक शर्मा - संगीतकारकुमार बस्नेत – अभिनेताकुलमान नेपाली – गायकसुनिता दुलाल – लोक गायिकाम्नोशर सुनाम परियार - कलाकारनेपाल सेवा प्रवीणप्रभाकर शर्मा - कलाकारसानुकान्छा शाही – कलाकारइन्द्र बहादुर खत्री – कलाकारनविन पौडेल - गायककिरण गजमेर - गायक
राजकुमार दोङ तामाङको 'हे मेरी आमा' सार्वजनिक
काठमाडौं, असोज ३ गते । गायक एंव सङ्गीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको गीतमा राजन खतिवडाको सङ्गीत रहेको छ । फनिन्द्र राईले सङ्गीत संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गर्नुभएको हो ।गीतको म्युजिक भिडियोमा युवराज वाइबाले निर्देशन छ भने निशल पौडेलको छायाङ्कन, विकास दाहालले सम्पादन रहेको छ । यस्तै, भिडियोमा चाँदनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय गर्नुभएको छ । बाल कलाकार रिसभ स्याङ्बाकोसमेत अभिनय देख्न सकिन्छ ।
‘पारा तात्या छ’ रिलिज
बाबुल गिरीको सङ्गीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वर रहेको गीत ‘पारा तात्या छ’को भिडियो रिलिज भएको छ। सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका ढकाल र स्मारिका ढकालको अभिनय रहेको भिडियोका निर्देशक सुव्रत आचार्य हुनुहुन्छ। जया शर्मा क्रिएटिभ निर्देशक तथा नीमबाबु तामाङको कोरियोग्राफी रहेको गीतको छायाङ्कनमा उत्सव दाहाल हुनुहुन्छ भने सम्पादन विकास दाहालले गर्नुभएको छ। हरि ठकुरी र भीमा श्रेष्ठ ‘भावना’ निर्माता रहेको म्युजिक भिडियोमा दिपेन गौतम ‘माइकल’को प्रोडक्सन डिजाइन रहेको छ।
एउटै स्टेजमा छानिए तीन विजेता
‘किड्स अफ दी इयर इन्टरनेसनल–२०२२’ मा एकसाथ तीन विजेता छानिएका छन् । शनिबार सम्पन्न प्रतियोगितामा जुनियर र सिनियर गरी एकसाथ तीन विजेता छानिएका हुन् । प्रतियोगितामा ‘किड्स अफ दी इयर इन्टरनेसनल’ केटातर्फ विलिप मानन्धर बन्नुभयो भने फस्ट रनरअप सायन केसी, सेकेन्ड रनरअप विनिक खड्गी र थर्ड रनरअप मेवान देगम शाक्य घोषित हुनुभयो । त्यस्तै ‘किड्स अफ दी इयर इन्टरनेसनल–२०२२’ केटीतर्फ आराध्या विष्टले उपाधि चुम्नुभयो । प्रतियोगितामा इलियाना वैद्य फस्ट रनरअप, हर्षिका खड्का सेकेन्ड रनरअप र उत्सुक्ता श्रेष्ठ थर्ड रनरअप हुनुभयो ।
'गरिबको दशैं' सार्वजनिक (भिडियो)
काठमाडौं, असोज २ गते । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियार र बाल गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा सजिएको ‘गरिबको दशैं’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बोध अनलाइन टिभी’ नामक युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो।दशैं फेरि पनि नेपालीहरूको घर आँगनमा आउनै लाग्दा बिदेसिएका नेपाली दाजुभाइहरूको भावनालाई समेट्दै यो गीत सार्वजनिक गरिएको गीतकार बोध श्रीले बताउनुभयो ।गीतमा सङ्गीत गायक केशव भावुकको रहेको छ भने यसै भिडियोमार्फत गायक भावुक निर्देशन समेत होमिएका छन् । उहाँको यो डेब्यु निर्देशन हो।गीतलाई राजु कार्कीले सङ्गीत संयोजन गर्नुभएको छ । गीतमा दशैं दशा बनेर आएको एक घत लाग्दो कथा बुनिएको छ । ‘आयो दशैं ढोल पिटाई, गयो दशैं ऋण बोकाइ’ भन्ने पुरानो नेपाली उखान गरिब–गुरुबाहरूको हकमा आज पनि लागु हुन्छ । खरिद गर्न सक्ने र धान्न सक्नेले त दशैं राम्रैगरी मनाउलान् । तर गरिब तथा असहायको हकमा दशै जहिले पनि पिडादायक हुने गरेको छ ।म्युजिक भिडियोमा गीतकार बोध श्री, रेशम फिरिरि मुख्य भूमिकामा फिचर्ड छन् भने बालकालकार विधान मैनालीको समेत अभिनय रहेको छ । नरेश ऐरले छायाङ्कन गर्नुभएको यस भिडियोलाई रोनित बिशुन्खेले सम्पादन गर्नुभएको हो ।
अभिनेता शाहको मुद्दा सुनुवाइ स्थगित
अभिनेता पल शाहको मुद्दा सुनुवाइ स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि १५ भदौमा सुनुवाइ हुने भनिएको थियो ।
मञ्जुलको कवितामा नेपथ्यको गीत
aपाँच दशकअघि कवि मञ्जुलले लेख्नुभएको शब्दलाई नेपथ्य ब्यान्डले गीतको स्वरूप दिएको छ। २०२४ सालमा प्रकाशित मञ्जुलको कवितासङ्ग्रहमा सङ्गृहीत ‘साइँली मोरी...’लाई नेपथ्यले गीत बनाएर शुक्रबार आफ्नो आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरेको छ। गीतमा अमृत गुरुङको आवाज र सङगीत रहेको छ भने ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनुभएको छ। ‘सम्झनाका पाइलाका डोबहरू’ पछ्याउँदै हिँड्दा गायक अमृत गुरुङले रामेछाम, ओखलढुङ्गा हुँदै खोटाङ पदयात्रा गर्दा बाटोमा एक नवविवाहित जोडीलाई भेटेपछि यो गीत फुरेको बताउनुभयो।
‘जनतासँग नेपाली कांग्रेस’ सार्वजनिक
नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक सङ्घले कांग्रेसको चुनावगीत ‘मङ्सिर ४...’ निर्माण गरेको छ। शनिबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा एक कार्यक्रमबीच प्रमुख अतिथि खानेपानीमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले गीत सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा मन्त्री चौधरीले मङ्सिर ४ को निर्वाचनलाई लक्षित गर्दै नेपाली सांस्कृतिक सङ्घले जुन गीत ल्याएको छ, त्यसले नेपाली कांग्रेसलाई जिताउन र जनतामा भिजाउन उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो। “हरेक जनताले कांग्रेसको सन्देश बुझ्ने गरेर गीत निर्माण भएको छ। यो गीत मैले विमोचन गर्न पाएँ। मेरो लागि योभन्दा
कलाकारको दशैँ योजना
नेपालीको महान् चाड दशैँको चहलपहल सुरु भइसकेको छ। दशैँमा किनमेल गर्नेदेखि घर जानेहरूसम्मको तयारी बढ्दो छ। कोही नयाँ नोट साट्ने हतारोमा देखिन्छन् भने कोही घर जानका लागि टिकटको व्यवस्था मिलाउन लागिपरेका छन्। रङ्गमञ्चका कलाकारहरूको पनि कोही दशैँमा घर जाने योजनामा हुनुहुन्छ त कोही दशैँ यहीँ मनाउने सोचमा।
फिल्म 'अन्तिम संस्कार'को छायाङ्कन सुरु
काठमाडौं, असोज १ गते । फिल्म 'अन्तिम संस्कार'को छायाङ्कन सुरु भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहूर्त गरेर छायाङ्कन सुरु गरिएको हो ।सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको फिल्मको छायाङ्कन गर्न कलाकार विजय लामासहितको टिम मुस्ताङ पुगेका हुन्। फिल्म युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायाङ्कन सकेर बाँकी छायाङ्कन काठमाडौंमा गर्नेछ । विनोद सुवेदीको निर्माणमा बन्ने फिल्मको निर्देशन प्रदीप शाहीले गर्नेछन् । फिल्ममा कलाकार विजय लामासहित दीया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, शारदा गिरी, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्रीलगायतको अभिनय रहनेछ ।
पदम र रियाको अभिनयमा 'कति माया गर्छौ मलाई’ सार्वजनिक
'भन कति माया गर्छौ मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। उत्तमजंग लिम्बु र दीपा लामाको स्वर रहेको गीतको भिडियोको निर्देशन कुशल श्रेष्ठले गर्नुभएको हो।
युवराज र अनुष्काको ‘हाम्रो सम्बन्ध’
युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘हाम्रो सम्बन्ध’ सार्वजनिक भएको छ । मायाप्रेममा आधारित गीतमा प्रेमसम्बन्धलाई कसरी विवाहमा परिणत गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । गीतलाई शान थापाले निर्देशन गर्नुभएको छ ।
‘नेपालकी छोरी’ सार्वजनिक
‘नेपालकी छोरी’ बोलको गीत सार्वजनिक भएको छ । डीए क्रिएसनको प्रस्तुति रहेको गीतमा यात्रिका हुमागाईं र श्रृजिता ढकालको आवाज रहेको छ । गीतमा आस्था पौडेल, घनश्याम जोशी, प्रेणिता शर्मा, शोभा पाठक, असीम पौडेल र प्रकाश ढुङ्गानाले अभिनय गर्नुभएको छ । यस्तै अइस्मा पुरी, समृद्धि पौडेल, सीमा भट्ट, शिवानी श्रेष्ठ, फिओना श्रेष्ठ र दीक्षा कार्कीले नृत्यमा साथ दिनुभएको छ । उत्तम हुमागाईंले छायाङ्कन गर्नुभएको गीतमा निशान घिमिरेको सम्पादन, विकास नेपालीको नृत्य निर्देशन र रोहन नेपालीको निर्देशन रहेको छ ।
तण्डुकार ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’
मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वल्र्ड नेपाल –२०२२’ उपाधि जित्नुभएको छ। भक्तपुरको राधेराधेस्थित हेरिटेज गार्डेनमा शनिबार आयोजित ग्रान्ड फिनालेमा पाँच फिट ११ इन्च शारीरिक उचाइ हुनुभएका मोडल तण्डुकारले आफ्नो २१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुम्नुभएको हो।
फिल्म 'बाबरी'को नयाँ गीत 'मायाका रङ्गहरू'
काठमाडौं, भदौ ३० गते । फिल्म 'बाबरी'को नयाँ गीत 'मायाका रङ्गहरू' रिलिज भएको छ । असोज १४ गते रिलिज हुने फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको हो ।गीतमा सनुप पौडेल र रचना रिमालको स्वर रहेको छ भने कालीप्रसाद बाँस्कोटाको शब्द तथा सङ्गीत छ । गीतको भिडियोमा धीरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन्।धीरज नाड्कर यो बेब्यु नेपाली फिल्म हो । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
फिल्म वितरक करण प्रदेशसभा सदस्यमा सिफारिस
काठमाडौं, भदौ ३० गते । फिल्म निर्माता तथा वितरक करण श्रेष्ठ प्रदेशसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । उहाँलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नं. १ (ख) बाट प्रत्यक्ष तर्फबाट सिफारिस गरेको हो ।“म फिल्मकर्मी भएपनि निरन्तर रुपमा राजनीतिमा पनि लागेको छु । हामीले फिल्ममा समाजमा घटेकै दृश्य देखाउने हो । फिल्म चलाउन दर्शकको ठूलो योगदान छ, त्यसैले फिल्मकर्मीले पनि सम्पूर्ण नेपालीहरुले दिनुभएको साथ र सहयोगका लागि राम्राे काम गर्न म राजनीतिमा प्रवेश गरेको हुँ”, उहाँले भन्नुभयो । दिनेश पौडेलको 'जवाफ' फिल्मबाट अभिनेताको रुपमा रजतपटमा पाइला राख्नुभएका उहाँले 'ह्याप्पी न्यू इयर', 'सम्झिदिए पुग्छ', 'म छु नी तिम्रो', 'को कस्को' लगायत २० वटाभन्दा बढी फिल्ममा अभिनय गरिसक्नुभएको छ । १९ वर्ष देखि फिल्म क्षेत्रमा सक्रिय श्रेष्ठले 'रिच इन्टरटेनमेन्ट' नामक कम्पनीबाट फिल्म वितरण गर्दै आउनुभएको छ । हाल उहाँ ‘राजनीतिमा युवा’ भन्ने अभियानमा सक्रिय हुनुहुन्छ ।
फिल्म 'के घर के डेरा'को टिजर
काठमाडौं, भदौ ३० गते । दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म 'के घर के डेरा'को टिजर सार्वजनिक गरिएको छ । फिल्मको टिजर बिहीबार युट्युब च्यानल 'जीटुवान'मार्फत सार्वजनिक गरिएको हो । सिंगे लामाको कथामा बनेको फिल्म कमेडी जनरामा छ । फिल्ममा महेश दवाडीको लेखन छ भने फिल्मलाई शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले संयुक्त रूपमा निर्माण गर्नुभएको हो । फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्म कात्तिक ४ देखि देशभर प्रदर्शनमा आउने भएको छ ।
‘तिमी फर्केर आयौ’ सार्वजनिक
सुगम पोखरेलको स्वरमा नयाँ गीत ’तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाईंको शब्द र कल्याण सिंहको सङ्गीत र दीक्षित पौडेलको एरेन्ज सुन्न सकिन्छ।
'केही खोजिरहेको' बोलको गीत सार्वजनिक
काठमाडौं, चदौ २९ गते । सोनिया सेन पोखरेलको स्वरमा ‘केही खोजिरहेको थिए’ बोलको गीत सार्वजनिक भएको छ । यो सोनियाको पहिलो गीत हो ।सुगम पोखरेलको शब्द सङ्गीत र सोनियाकै आवाजमा रहेको गीतमा प्रदीप बास्तोला र प्रशंसा रायमाझीको अभिनय छ । शिवराम श्रेष्ठले छायाङ्कन गर्नुभएको भिडियोलाई बिजेश पौडेलले सम्पादन र निर्देशन गर्नुभएको हो ।