• १६ भदौ २०८१, आइतबार

चलचित्र ‘फूलबारी’ फागुनमा

blog

काठमाडौँ, कात्तिक ४ गते । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘फूलबारी’ फागुन ५ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, प्रियङ्का कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङलगायतको अभिनय छ ।

यशोधा फिल्म्स्को ब्यानरमा निर्मित चलचित्रको कथा तथा कन्सेप्ट कमलकिशोर मलपानीको हो भने पटकथा उपेन्द्र सुब्बाले लेख्नुभएको हो । कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संयुक्त सङ्गीत रहेको चलचित्र अमेरिकी छायाकार जोस हेरमले छायाङ्कन गर्नुभएको छ । मनिष ढकाल निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा मणिराम पोखरेल हुनुहुन्छ । ‘कबड्डी–४’को ऐतिहासिक सफलतापछि निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईबीच सहकार्य भएकाले ‘फूलबारी’ दर्शकमाझ प्रतीक्षित छ ।