• १६ भदौ २०८१, आइतबार

फिल्म 'भेडिया'को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, कात्तिक २ गते । बलिउड अभिनेता वरुण धवन अभिनीत फिल्म 'भेडिया'को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गरिएको ट्रेलरमा वरुण सामान्य मान्छेबाट भेडिया (ब्वाँसो) बनेको देखाइएको छ । 

हरर कमेडी फिल्ममा वरुण र कृतिसँगै दीपक दोब्रियाल, अभिषेक बर्नेजी, पलिन कबकलगायत कलाकारको अभिनय छ । अमर कौशिकले निर्देशनमा बनेको फिल्मलाई दिनेश विजनले निर्माण गर्नुभएको हो । 

हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा बनेको फिल्म मङ्सिर ९ गतेदेखि प्रदर्शन हुने भएको छ ।