• १६ भदौ २०८१, आइतबार

सानिया सुपर डान्सर नेपालको ‘टप सिक्स’मा

blog

काठमाडौँ, कत्तिक ३ गते । डडेल्धुरामा जन्मिनुभएकी १३ वर्षीया सानिया भट्टराईलाई सानैबाट नृत्यमा रुचि थियो । उहाँ अहिले कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको नेपालको रियालिटी सो ‘सुपर डान्सर नेपाल’को ‘टप सिक्स’मा पर्न सफल हुनुभएको छ ।

कक्षा ८ मा अध्ययनरत सानिया सानैदेखि विद्यालय तथा ससाना कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गर्नुहुन्थ्यो ।    सानियाले  बुटवलको बागेश्वरी सङ्गीतालयमा दुई वर्ष तथा मुम्बईमा चर्चित वाइल्ड रिपर्जका डान्सर सागर राईसँग साढे दुई वर्ष नृत्यको तालिम लिइसक्नुभएको छ । उहाँले भारतीय रियालिटी सो डान्स दिवानी र डान्स दिवानी जुनियरमा पनि आफ्नो प्रस्तुति देखाइसक्नुभएको छ । ६ वर्षको उमेरबाट नृत्य गर्न थाल्नुभएकी सानियाले कान्तिपुरबाट प्रसारित सो ‘सुपर डान्सर नेपाल’का लागि बुटवलबाट अडिसन दिनुभएको हो  ।

नेपाल तथा भारतका विभिन्न नृत्य प्रतियोगिताका प्रतिस्पर्धामा सहभागी भई पुरस्कार जित्न सफल सानिया यस पटकको सुपर डान्सर नेपालको प्रतिस्पर्धामा कोरियोग्राफर युमि बलामीलाई साथ लिएर प्रतियोगिताको प्रतिस्पर्धामा हुनुहुन्छ । हाल बुटवलको होराइजन माविमा अध्ययनरत सानियाका लागि विद्यालयले सहयोग अभियान नै सञ्चालन गरिरहेको छ । सानियाका अभिभावकले अबको भर भनेको दर्शकको भोट भएकाले सानियालाई भोट गरी सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।