• १६ भदौ २०८१, आइतबार

तिहार गीत ‘झिलिमिली तिहार’ बजारमा

blog

काठमाडौं, असोज २९ गते ।

‘आयो हजुर देउसी र भैलो’

‘यही घरमा गर्नलाई रमाइलो’   

‘यही घरमा आएऔँ ज्यान फालेर’

‘अँध्यारोमा लालटिन बालेर’

नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा लोकदोहोरी गायक–गायिका पुरुषोत्तम पौडेल, सुनिता बुढामगर, प्रिन्स मल्ल ठकुरी र पूजा देवकोटाले गाउनुभएको ‘झिलिमिली तिहार’ देउसी–भैलो गीत बजारमा आएको छ ।

गायक पौडेलको लय र शब्द सङ्कलन रहेको सो गीतलाई रमेश सेन्टीको म्युजिक एरेन्जर रहेको छ । सो गीतलाई गायक पौडेलले आफ्नै युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गर्नुभएको हो । गीतलाई कपिल लामाले निर्देशन गर्नुभएको छ ।

गीतमा आउँदै गरेको नेपालीको दोस्रो महान् चाडका समयमा देउँसी भैलो खेल्दै देउसो भट्याउँदै घरबेटीलाई आशिष पनि दिइएको छ । भैलोसँगै भैलोको बीच–बीचमा लोकगीतका टुक्का प्रस्तुत गरिएको गायक पौडेलले जानकारी दिनुभयो ।