• १६ भदौ २०८१, आइतबार

युरोपेली युनियन चलचित्र महोत्सव हुने

blog

काठमाडौँ, असोज ३१ गते । नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११औँ संस्करण आयोजना हुने भएको छ। 

कात्तिक ११ देखि १५ गतेसम्म काठमाडौँमा हुने महोत्सवमा १३ युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन हुनेछन्। प्रत्यक्ष र अनलाइन गरी चल्ने महोत्सव भौतिक रूपमा चलचित्र विकास बोर्डमा हुनेछ। त्यसैगरी सुर्खेत महोत्सवको दोस्रो संस्करण कात्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय परिसरमा आयोजना गरिनेछ। यहाँ पाँच युरोपेली तथा तीन नेपाली चलचित्र प्रदर्शन गरिनेछ। महोत्सवमा ‘ऐना झ्यालको पुतली’ पनि प्रदर्शन हुनेछ। त्यसैगरी किरण श्रेष्ठ निर्देशित ‘येट अनदर विन्टर’ र विशाल रोक्कामगरको निर्देशन रहेको ‘गोर्खा गल्र्स’ पनि देखाइनेछ।