• १६ भदौ २०८१, आइतबार

सिनेमाघरमा पाँच नयाँ चलचित्र

blog

काठमाडौँ, असोज २९ गते । नेपाली सिनेमाघरमा पाँच नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। ‘हिजोआजका कुरा’, ‘डाक्टर जी’, ‘गडफादर’, ‘कन्तारा’ र ‘वान पिस रेड’ प्रदर्शनमा आएका चलचित्र हुन्।

‘हिजोआजका कुरा’ साकार पन्तको निर्देशन रहेको चलचित्र हो। चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुइँकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुसाल, सविन शाक्य, मञ्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय छ।

सलमान खान र साउथ इन्डियन कलाकार चिरञ्जीवी अभिनित चलचित्र ‘गडफादर’ ग्याङस्टरको कथावस्तुमा आधारित छ। चलचित्रमा सलमान र चिरञ्जीवीसँगै नैनताराको पनि अभिनय रहेको छ।

यस्तै दक्षिण भारतीय चलचित्र ‘कन्तारा’ ‘केजीएफ–२’का निर्माताले निर्माण गर्नुभएको हो। रिशव सेट्टी निर्देशित चलचित्रमा रिशव सेट्टी सप्तमी गोदवा र किशोरकुमार जीको मुख्य भूमिका देखिनुभएको छ। 

आयुष्मान खुरानाको अभिनय रहेको चलचित्र ‘डाक्टर जी’ कमेडी चलचित्र हो। चलचित्र पुरुष गाइनोक्लोजिस्टको कथामा आधारित छ। 

‘वान पिस रेड’ सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा बढी कमाउने चलचित्र हो। चलचित्रमा चो, जीम फोरोन्डो, हिरोती हिरातालगायतको अभिनय रहेको छ ।