• १६ भदौ २०८१, आइतबार

इरिना किड क्विन नेपाल

blog

काठमाडौँ, कात्तिक १ गते । नेप्लिज फेसन होमद्वारा राजधानीमा शनिबार आयोजित ‘किड क्विन नेपाल २०२२’ को उपाधि १३ वर्षीया इरिना महर्जनले चुम्नुभएको छ । १८औँ संस्करणको प्रतियोगितामा महर्जनले मिस पब्लिक च्वाइस र तस्बिर मिस फोटोजेनिकको उपाधि पनि जित्नुभयो । 

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा इप्सा प्रजापति फस्र्ट र प्रिस्का पुलामी मगर सेकेन्ड रनरअप हुनुभयो । विजेताहरूलाई क्रमशः २५, १५ र १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

९ देखि १४ वर्षसम्मका २५ प्रतिभावान बालिकाले प्रतिस्पर्धा गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख तथा पूर्वमिस नेवाः नेपाल सुनिता डङ्गोल हुनुहुन्थ्यो । 

उहाँले समाजका लागि यस्तो प्रतियोगिता उपयोगी हुने चर्चा गर्दै प्रतियोगितामा जित्नेबित्तिकै सफल हुन्छु, चर्चामा आउँछु भनेर सोच्न नहुने बताउनुभयो ।

मिस नेवाः नेपाल कृषा महर्जनको संयोजनमा सम्पन्न प्रतियोगिता मिस नेवाः नेपाल प्रजिता श्रेष्ठ र प्रिया तन्डुकार तथा मिस नेवाः नेपाल २०२२ सलिना महर्जनको कोरियोग्राफीमा भएको थियो ।