• १६ भदौ २०८१, आइतबार

फिल्म 'नाई नभन्नु ल ६'को छायाङ्कन सुरु

blog

काठमाडौं, कात्तिक ३ गते । फिल्म ‘नाई नभन्नु ल ६’को छायाङ्कन सुरु भएको छ । छायाङ्कनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काको दृश्य खिचिएको हो ।

सञ्चिता लुइँटेल र निखिल उप्रेतीका छोरा अथर्व यो डेव्यु फिल्म हो । फिल्ममा आँचल शर्माको प्रमुख भूमिका छ । विकास आचार्यको निर्देशनमा निमार्ण हुने  फिल्म पुरुषोत्तम प्रधानले छायाङ्कन गर्नु हुनेछ । 

आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्ने भएको छ ।