• १६ भदौ २०८१, आइतबार

फिल्म 'उचाइ'को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, कात्तिक १ गते । बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक गरिएको छ । सुरज वर्जत्यले निर्देशन गर्नुभएको फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र समेटिएको छ । 

फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा अभिनय देख्न सकिन्छ । फिल्ममा भारतदेखि नेपालको सगरमाथासम्मको यात्राको कथा समावेश गरिएको छ । 

फिल्म ‘उचाइ’ कात्तिक २५ गते रिलिज हुने भएको छ ।