उदयपुर १ मा डा.नारायण खड्का अगाडि
उदयपुरमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको मत गणना जारी छ । गणनाको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार डा.नारायण खड्का नेकपा एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीभन्दा १७ मतले अगाडि हुनुहुन्छ ।
झापा ४ मा स्वतन्त्र पार्टी, २ मा स्वतन्त्र र ३ मा राप्रपाको अग्रता
झापा क्षेत्र नम्बर २ र ४ को को मतगणनामा स्वतन्त्र र स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता लिएका छन्। झापा ४ मा २१३० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्नका शम्भु ढकालले ८३७ मत ल्याएर अग्रता बनाउनुभएको छ।
चितवन १ मा कांग्रेसका पौडेल र २ मा एमालेका पोख्रेलको अग्रता
चितवन क्षेत्र नं १ मा हालसम्म एक हजार मतगणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले सुरुआती अग्रता लिनुभएको छ ।
तनहुँ–१ मा वरिष्ठ नेता पौडेललाई अग्रता
तनहुँ–१ को प्रतिनिधि सभा सदस्यको सुरुवाती मतगणनामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायम गर्नुभएको छ ।
झापा ५ मा एमाले अध्यक्ष ओलीको अग्रता
झापाको क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको करिब ५ घण्टापछि मात्र प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
तनहुँ–२ मा कांग्रेस उम्मेदवार भण्डारीको अग्रता
प्रतिनिधि सभातर्फ तनहुँको दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ मतपत्र मिलाउने काम पूरा भई ४ः१५ बाट तनहुँ –१ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नवलपुरमा ६६ प्रतिशत मत खस्यो, देवचुलीमा पुन: मतदान
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नवलपुरमा ६६.४९ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लामा ६६ दशमलब ४९ प्रतिशत मत खसेको हो ।
अछाम–१ मा मतगणना सुरु
प्रतिनिधिसभातर्फ अछाम क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय साँफेबगरमा सम्पन्न सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको हो ।
अर्घाखाँचीमा टोपबहादुर रायमाझीको अग्रता
प्रारम्भिक मतअनुसार प्रतिनिधि सभामा नेकपा (एमाले) का टोपबहादुर रायमाझीले प्रारम्भिक अग्रता लिनुभएको छ । २०६९ मत गणना गर्दा रायमाझीलाई ११८६ र नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले ७४७ मत प्राप्त गर्नुभएको छ ।
ललितपुर-३ मा मतगणना जारी (फोटो फिचर)
ललितपुरको क्षेत्र नं ३ को मतगणना जावलाखेलस्थित स्थानिय विकास प्रशिक्षण प्रतिष्ठाको हलमा भइरहेको छ ।
पाँच सय मत गणना हुँदा प्रधानमन्त्री देउवालाई २३९ मत
डडेलधुरामा प्रतिनिधिसभा सदस्यतर्फ पाँच सय मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत प्राप्त गर्नुभएको छ।
बागलुङका दुई वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु
प्रतिनिधि सभाअन्तर्गत बागलुङका दुई वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । बागलुङ निर्वाचन क्षेत्र नं. १ को जिल्ला समन्वय समितिको हल र निर्वाचन क्षेत्र नं. २ को बुर्तिवाङ बजारस्थित नयाँ सहरी आयोजनाको कार्यालयमा मतगणना सुरु भएको हो ।
पाल्पा क्षेत्र नं. २ मा मतगणना सुरु
पाल्पा क्षेत्र नं २ को मतगणना सुरु भएको छ । दलका प्रतिनिधि तथा उम्मेदवारको बैठकपछि मतगणनाको कार्य सुरु भएको हो ।
कैलाली क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीलाई अग्रता
कैलाली क्षेत्र नं ३ मा मतगणना कार्य दिउँसोबाट सुरु भएको छ । बिहान सर्वदलीय बैठक बसी प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको हो। मतगणनाको सुरुवाती अग्रता नागरिक उन्मुक्ति पार्टीले लिएको छ ।
उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो
हेलिकप्टर मार्फत उत्तरी गोरखाको मतपेटिका ढुवानी गरिएको छ । सोमबार अपराह्न नेपाली सेनाको हेलिकप्टर मार्फत मतपेटिका सदरमुकाम ल्याइएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आर्चायले जानकारी दिनुभयो ।
ललितपुर–३ मा तोसिमा अगाडि
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीले अग्रता लिनुभएको छ ।
डडेल्धुरामा प्रधानमन्त्री देउवालाई अग्रता
डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै अग्रता लिनुभएको छ । देउवा गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ ।
जुम्लामा मतगणना सुरु
जुम्लामा मत गणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमका अनुसार प्रतिनिधिसभाको मत गणना सुरु भएको छ भने प्रदेशसभाको मत गणनाको तयारी भइरहेको छ ।
भक्तपुर–१ मा राप्रपा, २ मा कांग्रेस अगाडि
क्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैङ्कको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना हुँदा प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले) का उम्मेदवारलाई पछाडि पार्दै अग्रता कायमै राखेको हो ।
मनाङमा एमालेको अग्रता
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को मतगणनामा हिमाली जिल्ला मनाङमा एमालेको अग्रता छ । प्रतिनिधि सभा र प्रदेश सभा ‘१’ तर्फ नेकपा एमालेको अग्रता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
काठमाडौं–१ मा राप्रपाका रविन्द्र मिश्रको अग्रता
काठमाडौं क्षेत्र नं. १ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रको अग्रता देखिएको छ ।
सिन्धुलीमा अझै सुरु भएन मतगणना
सिन्धुलीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सोमबार बेलुका ४ बजेसम्म पनि सुरु हुन सकेको छैन ।
दाङ –२ मा रेखा शर्माको अग्रता
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा हँसिया हथौडा चिन्ह लिनुभएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेखा शर्माले अग्रता कायम गर्नुभएको छ । २७८० मत गन्दा उहाँले एक हजार ४५० मत प्राप्त गर्नुभएको हो ।
काठमाडौंको तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि
काठमाडौंमा प्रतिनिधि सभाका १० निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । गणना भएकामध्ये तीन स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ ।