उपनिर्वाचन : कांग्रेस उम्मेदवार छनोटमा कमजोर
उपनिर्वाचनमा उम्मेदवारी छनोटमा कमजोर भएको नेपाली कांग्रेसको बुझाइ छ । उपनिर्वाचनमा ढिला गरी उम्मेदवार टुङ्ग्याएको कांग्रेसले इलाम–२ मा सोचेजस्तो मतपरिणाम आफ्नो पक्षमा पार्न नसकेको कांग्रेसको भनाइ छ ।
जनताको शिर नझुक्ने काम गर्छु : सुहाङ
इलाम-२ को उप-निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका नेकपा (एमाले)का सुहाङ नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले नेम्वाङलाई मंगलबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो।
कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल
मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्नुभएका उहाँले सत्ता साझेदार दलहरुसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन थाल्नुभएको हो । उहाँले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गर्नुभएको थियो ।
उपनिर्वाचन : पुराना दलमै भरोसा र नयाँको परीक्षण
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले०लाई उत्साहित तुल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनमा प्राप्त जितले एमालेलाई खुसी तुल्याएको हो ।
विजयाेत्सव मनाउन अध्यक्ष ओली इलाम आउनुहुँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम आउँदै हुनुहुन्छ ।
उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । मङ्गलबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो ।
को हुन् सुहाङ नेम्वाङ ?
बुवा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा २०४६ फागुन ६ गते काठमाडौंमा जन्मिनु भएका सुहाङ नेम्वाङ अहिले इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका रुपमा विजयी हुनु भएको छ । ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गर्नुभएका सुहाङले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गर्नुभयो । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पुरा गरेर अढाइ वर्षका लागि अष्ट्रेलिया जानु भएका सुहाङ कानून विषय अध्ययनका लागि पुनः नेपाल फर्कनु भयो । ‘काठमाडौं स्कूल अफ ल’ मा बीएएलएलबीको पढाइ शुरु गर्नुभयो । बीएएलएलबीको पढाइ सके लगतै एलएलएम अध्ययन पुरा गरेपनि समय अभावले थेसिस बाँकी रहेको छ ।
इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित हुनु भएको थियो ।
सुहाङलाई ६ हजार ४१२ मतको अग्रता
इलाम –२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ६ हजार ४१२ मतले अग्रता लिनुभएको छ । पछिल्लो परिणामअनुसार उहाँले २१ हजार ९६७ मत प्राप्त गर्नुभएको छ ।