राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धन १८ स्थानमा विजयी, एमालेलाई एक सिट
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक सिटमा विजयी भएको छ। बिहीबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हो।
लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको हो ।
मनरुपा शर्मा : पाँचौँ प्रयासमा माननीय
पर्वतको कुश्मा नगरपालिका वडा नं. १० की मनरुपा शर्मा (विमला) राष्ट्रिय सभा सदस्य बन्नुभएको छ।तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र विद्रोहमा आफैँ सहभागी शर्माका श्रीमान् द्वन्द्वकै क्रममा सरकारी पक्षबाट मारिनुभएको थियो ।
गण्डकीमा राष्ट्रिय सभा निर्वाचन : ढोरपाटनका प्रमुखबाहेक सबैले गरे मतदान
गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सकिएको छ। प्रदेशमा दुई सय २९ जनाले मतदान गर्नुभएको छ। बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवबहादुर नेपालबाहेक सबैले मतदान गर्नुभएको हो।
राष्ट्रिय सभा मतदान : बागमतीमा तीन जना अनुपस्थित
राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान सम्पन्न भएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले निर्वाचनमा प्रदेश सभाका १०८ जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३४ जना गरेर ३४२ जनाले मतदान गरेको जनाएको छ।
कोशीमा स्थानीय तहका तीन जना मतदानमा अनुपस्थित
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा अनुपस्थित हुनुभएको हो ।
सुदूरपश्चिममा केही बेरमै मतगणना सुरु हुँदै
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि आज भएको निर्वाचनमा मतदान सकिएको छ। अपराह्न ४ बजेबाट मतगणना हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिनुभयो।
मधेश प्रदेशमा मतदान सम्पन्न, एक मत खसेन
मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावअन्तर्गत मतदान सकिएको छ। प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि मतदान भएको छ।
लुम्बिनीमा दुई मत खसेन : एक बिरामी, अर्कोलाई मतदान नै थाहा भएन !
राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सय तीन मत मात्रै खसेको छ । लुम्बिनी प्रदेशमा रहेको तीन सय पाँच मतमध्ये निर्वाचनमा तीन सय तीन मत मात्रै खसेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।