सुहाङ ३९६० मतले अगाडि
इलाम –२ को मतगणना कार्यमा अहिले नेकपा (एमाले) का सुहाङ नेम्वाङ ३९६० मतले प्रतिस्पर्धीलाई पछि पार्नुभएको छ । उहाँलाई ११ हजार ६१९ मत प्राप्त भएको छ ।
एमालेका सुहाङ मतान्तर फराकिलो बनाउँदै
प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र २ मा भएको उपनिर्वाचनको मतगणना परिणामले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ । पछिल्लो मत परिणामअनुसार उहाँले ११ हजार ६१९ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ६५९ मत प्राप्त गर्नुभएको छ । यो दुवैविचको ३९६० मतले अन्तर हो ।
बझाङमा एमालेको अग्रता कायमै
बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीको अग्रता कायमै छ । भण्डारीले १० हजार ३६३ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ३५४ मत प्राप्त गर्नुभएको छ ।
एमालेका सुहाङलाई तीन हजार ७५४ मतको अग्रता
प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्बाङले ११ हजार ७८ प्राप्त गर्नुभएको छ ।
इलाममा २५ हजार मतगणना
इलाममा २५ हजार ४५१ मतगणना भएको छ । इलामको फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ १, २, ३, ४ को गणना सम्पन्न भएको हो ।
बझाङमा पुनः एमालेका उम्मेदवार अगाडि
बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले पुनः अग्रता लिनुभएको छ । भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ९ हजार ८८० मत प्राप्त गर्नुभएको छ ।
इलाममा २४ हजार ७३८ मतगणना
इलाममा सोमबार बिहान १० बजेसम्म २४ हजार ७३८ मतगणना भएको छ । प्रतिनिधिसभा सदस्य लागि इलाम निर्वाचन–२ पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले)का सुहाङ नेम्वाङले १० हजार तीन मत प्राप्त गर्नुभएको छ ।
इलाममा सुहाङ तीन हजार ५९ मतले अगाडि
प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचन मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले मतान्तर बढाउँदै अघि बढ्नुभएको छ ।
एमालेका सुहाङलाई २८ सय ५३ मतको अग्रता
इलाम–२मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले)का सुहाङ नेम्वाङले २८ सय ५३ अग्रता कायम राख्नु भएको छ । नेम्वाङले अहिलेसम्म नौ हजार ४८४मत प्राप्त गर्नुभएको छ ।
बझाङमा कांग्रेसका सिंह २८४ मतले अगाडि
बझाङ क्षेत्र नम्बर १ (क)मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सोमबार बिहानको मतगणनाअनुसार कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले आठ हजार ९७७ मत प्राप्त गर्नुभएको छ ।
इलाममा तीन स्थानमा मतगणनाको तयारी
आइतबारदेखि जारी इलाम– २ को मतगणना कार्यलाई चाँडो सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले तीन स्थानमा मतगणनाको तयारी गरेको छ ।
इलाममा सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता
प्रतिनिधिसभा सदस्य लागि इलाम निर्वाचन–२ पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले)का उम्मेदवार सुहान नेम्वाङले आठ हजार ८९८ मत प्राप्त गर्नुभएको छ ।
बझाङमा कांग्रेसको अग्रता
बझाङ क्षेत्र नम्बर १ (क)मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायम राख्नुभएको छ । सोमबार बिहानको मतगणना परिणामअनुसार उहाँले आठ हजार २२७ मत प्राप्त गर्नुभएको छ ।
उपनिर्वाचन : इलाममा एमालेकै अग्रता, सुहाङ दुई हजार २८२ मतले अगाडि
प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन– २ को पछिल्लो मतगणना अनुसार आफ्ना प्रतिस्पर्धीलाई दुई हजार २८२ मतले पछि पार्दै नेकपा (एमाले) का सुहाङ नेम्वाङले अग्रता कायम राख्नु भएको छ ।
अग्रतामा सुहाङ अघि बढ्दै, एक हजार २६८ मतको अन्तर
प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार २६८ मतले अग्रता लिनुभएको छ ।
इलाममा अब पाँच पालिकाको मत गणना हुन बाँकी
इलामको फाकफोकथुम गाउँपालिकाको मत गणना सम्पन्न भएसँगै इलाम –२ मा अब पाँच पालिकाको मत गणना बाँकी छ । अहिले चुलाचुली गाउँपालिका –१ को मतगणना सुरु भएको छ ।
सुहाङ प्रतिस्पर्धीभन्दा १ हजार १५५ मतले अघि
प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार १५५ मतले अग्रता लिनुभएको छ ।
इलाम २ मा एमाले र कांग्रेसबिच नै मुख्य प्रतिस्पर्धा
इलाम निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले) र नेपाली कांग्रेसबिचमा प्रतिस्पर्धा हुने देखिएको छ ।
एमाले उम्मेदवार सुहाङ एक हजार एक मतले अघि
इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार एक मतले अग्रता लिनुभएको छ ।
एमाले उम्मेदवार सुहाङ ७८० मतले अगाडि
इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ ७८० मतले अग्रता लिनुभएको छ ।
बझाङमा एमालेका भण्डारी कांग्रेसका सिंहभन्दा भन्दा ६७४ मतले अगाडि
बझाङ क्षेत्र नम्बर १ (क) मा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतगणनाको परिणामअनुसार उहाँले २६३८ मत प्राप्त गर्नुभएको छ ।
इलाममा सुहाङको अग्रता, ३४५ मतले अघि
इलाम निर्वाचन क्षेत्र २ मा भएको निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले) का सुहाङ नेम्वाङले अग्रता लिनुभएको छ ।
बझाङमा एमाले उम्मेदवार भण्डारीको अग्रता कायमै
बझाङ क्षेत्र नं. १ (क) मा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले आफ्नो अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतगणनाको परिणामअनुसार उहाँले २०८७ मत प्राप्त गर्नुभएको छ ।
इलाममा कांग्रेसका खड्का २८ मतले अघि
इलाम निर्वाचन क्षेत्र २ मा भएको निर्वाचनको पछिल्लो मतगणनाले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का २८ मतले अगाडि रहनुभएको छ ।