राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
राष्ट्रिय सभा निर्वाचन : मनोनयन दर्ता गर्दा १८ वटा कागजात पेस गर्नुपर्ने
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन चाहनेले १८ वटा कागजात पेस गर्नुपर्ने जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचन : सात मतदान स्थल र १४ मतदान केन्द्र तोकियो
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सात मतदान स्थल र १४ मतदान केन्द्र तोकेको छ ।
राष्ट्रिय सभा निर्वाचन : दुई हजार ४७ जना मतदाता
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोग बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दुई हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको जनाएको हो ।
निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।
कांग्रेसद्वारा राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता
नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
लोकतन्त्रलाई परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता आवश्यक : प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतन्त्रलाई परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारी दर्ता पुस २३ गते
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आइतबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते बिहान १० देखि ४ बजेसम्म तय गरेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीमा आयोग
निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ । सोका लागि आयोगले यही मङ्सिर ३० गते मतदाता नामावली प्रकाशन, आगामी पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना र पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गराउने गरी निर्वाचन कार्यक्रम ल्याउने तयारी गरेको छ ।