शैलेन्द्र रोकाया
बझाङ, वैशाख १६ गते । बझाङमा मतगणना सुरु भएको छ । आइतबार दिउँसोबाट बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकले आचारसंहितामा तयार गरेसँगै मतगणना सुरु भएको हो । छविसपाथिभेरा गाउँपालिकाको १ र २ वडाको मतगणना भइरहेको छ ।
शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा सङ्कलन गरिएको थियो ।