• ३१ वैशाख २०८१, सोमबार

बझाङमा एमाले उम्मेदवार भण्डारी ५९२ मतले अगाडि

blog

शैलेन्द्र रोकाया

बझाङ, वैशाख १६ गते । बझाङ १ (क) मा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीको अग्रता कायमै रहेको छ । उहाँले १५९२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले एक हजार मत ल्याउनुभएको छ । 

त्यसैगरी नेपाली कांँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह ९५५ मत ल्याएर तेस्रोमा पुग्नुभएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले ५७७ मत ल्याएर चौथो अवस्थामा रहनुभएको छ ।

पछिल्लो समय छविसपाथिभेरा गाउँपालिकाको वडा १, २ , ३, ४, ५ र ६ को मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ । राप्रपाका उम्मेदवार किशोर खडकाले २० मत प्राप्त गर्नुभएको छ । ६७ मत बदर भएको छ । एमालेका उम्मेदवार भण्डारी आफ्नो प्रतिस्पर्धीभन्दा ५९२ मतले अघि हुनुहुन्छ ।