• ३० वैशाख २०८१, आइतबार

इलामको प्रारम्भिक नतिजामा कांग्रेसको अग्रता

blog

प्रारम्भिक मतपरिणामको प्रतिक्षामा रहेका मतदाता । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल/प्रेम अधिकारी

इलाम, वैशाख १६ गते।  इलाम–२ मा सुरु भएको मत गणना कार्यको प्रतिक्षामा यतिबेला मतगणना स्थल भरिएको छ। गणना स्थल गौतमबुद्ध सभा गृहको  बाहिर नतिजा पर्खेर मतदाता, राजनीतिक दलहरु पर्खिरहेका छन्। दिउँसो १२ बजे सुरु भएको मतगणनाको पहिलो नतिजा आइसकेको छ। 

प्रारम्भिक नतिजामा कांग्रेसका डम्बर खड्काले अग्रता लिनुभएको छ। उहाँले ६५७ मत ल्याउनुभएको छ। एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाउनुभएको छ भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १२७ मत ल्याउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङले ११५ मत पाउँदा राप्रपाका लक्ष्मी गुरुङले ४ मत पाउनुभएको छ।