• ३१ वैशाख २०८१, सोमबार

बझाङमा एमालेका दमन भण्डारीकाे अग्रता

blog

बझाङमा जारी मतगणना । तस्बिर : शैलेन्द्रकुमार रोकाया

शैलेन्द्रकुमार रोकाया

बझाङ, वैशाख १६ गते । बझाङमा १ (क)मा सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाममा नेकपा (एमाले)ले अग्रता लिएको छ । १६ सय ९२ मत गणना हुँदा नेकपा (एमाले)का दमन भण्डारीले अग्रता लिनुभएको छ । 

एमालेका भण्डारीले ७५७ मत ल्याउनुभएकाे छ । कांग्रेसका अविशेक सिंहले ३८० मत पाउँदा नेकपा (माओवादी केन्द्र)का जनक बुढाले २२६ मत पाउनुभएको छ । 

समाजवादी पार्टीका  दिलबहादुर सिंहले ११५ मत पाउनुभएको छ ।